घरेलु ब्रान्डको प्रभाव बढ्दा चीनमा युरोपेली प्रिमियम ब्रान्डको मूल्य १० प्रतिशतसम्म कटौती
२०२६ को सुरुवातमा, विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा सवारीसाधनको...
काठमाडौं–बिएमडब्लु मोटोरार्डले इटालीको मिलानमा हालै सम्पन्न इक्मा अटो शो २०२५ मा आफ्नो नयाँ एड्भेन्चर बाइक एफ ४५० जिएस सार्बजनिक गरेको छ । सो नयाँ मोटरसाइकलले बजारमा हाल उपलब्ध ३१० जिएसलाई प्रतिस्थापन गर्ने जनाइएको छ ।
सो नयाँ मोटरसाइकल गत वर्ष आयोजना गरिएको इक्मामा प्रदर्शन गरिएको कन्सेप्ट संस्करण जस्तै देखिएको छ । बिएमडब्लुकै स्पोर्टस बाइक आर १३०० जिएसबाट प्रेरित यस मोटरसाइकलमा क्वाड एलईडी डिआरएल सहितको एलईडी हेडल्याम्प रहेको छ ।
एफ ४५० जिएसमा ४५० सिसी क्षमताको ट्विन–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ८,७५० आरपिएममा ४७.५ बिएचपी पावर र ६,७५० आरपिएममा मा ४३ एनएम टर्क जेनेरेट गर्दछ । साथै, यसमा ६ स्पीड गियरबक्स उपलब्ध गराइएको छ ।
ट्युब्लर स्टील फ्रेममा आधारति एफ ४५० जिएसको तौल १७५ किलोग्राम छ र यसमा १४–लिटर इन्धन ट्यांक समावेश गरिएको छ । बाइकमा ४३ मिमी केवाईबी अपसाइड–डाउन फोर्क र पछाडि मोनो–शक सस्पेन्सन सेटअप राखिएको छ । स्पोर्ट र जिएस ट्रफी भेरियन्टमा रिबाउन्ड र कम्प्रेसनको लागि सस्पेन्सन समायोजन गर्न सकिन्छ ।
बाइकमा कनेक्टिभिटी फिचर, हिटेड ग्रिपहरू, एबिएस प्रो, डायनामिक ट्रयाक्सन कन्ट्रोल, इन्जिन ड्रयाग टर्क कन्ट्रोल र डायनामिक ब्रेक कन्ट्रोल सहितको ६.५ इन्चको टिएफटी डिस्प्ले लगयात सुबिधा पाउन सकिन्छ ।
त्यसैगरी, यसको टप स्पेक जिएस ट्रफी भेरियन्टमा बिएमडब्लुको इजी राइड क्लच, शिफ्ट असिस्टेन्ट प्रो, एल्युमिनियम इन्जिन गार्ड र टिन्टेड -याली स्क्रिन समेत पाउन सकिन्छ ।
२०२६ को सुरुवातमा, विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा सवारीसाधनको...
बीएमडब्ल्युले नयाँ इलेक्ट्रिक बाइकको कन्सेप्ट सार्वजनिक गरेको छ । बाइक...
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीएमडब्ल्युका ११ हेभी बाइक सहित १६ राइडर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...