बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक एसएभी अब नेपालमा, मूल्य २ करोड ३० लाख

काठमाडौं – बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक स्पोर्टस् एक्टिभिटी भेइकल (एसएभी) आईएक्स ३ नेपाली बजारमा लन्च भएको छ । बीएमडब्ल्युको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले भर्चुअल रुपमा सो इलेक्ट्रिक एसयूभी लन्च गरेको हो ।

प्रिमियम इलेक्ट्रिक एसएभीको रुपमा परिचित बीएमडब्ल्यु आईएक्स ३ को मूल्य २ करोड ३० लाख रुपैयाँ तोकिएको छ । आईएक्स ३ को एम स्पोर्ट्स भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने भएको हो । केही दिन पहिले देखि यसको बुकिङ खुला गरिएको थियो ।

बीएमडब्ल्यु आईएक्स३ मा २१० किलोवाटको मोटर छ । यसमा ८० किलोवाट आवरको ब्याट्री हुनेछ, जसले सिंगल चार्जमा ४६० किलोमिटर सम्मको रेन्ज दिनेछ । यसलाई ११ किलोवाटको एसी र १५० किलोवाटको डीसी चार्जर तथा मोड २ को फ्लेक्जिबल चार्जरले चार्ज गर्न सकिन्छ । यसले २८६ एचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ । १८० किलोमिटरको टप स्पिड भएको सो इलेक्ट्रिक कारले ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति ६.८ सेकेन्डमै लिन सक्छ ।

गाडीमा विभिन्न आकर्षक फिचर र प्रविधि प्रयोग गरिएको छ । यसको वाहिरी भागमा हाई बिम असिस्टेन्स सहितको एडेप्टिभ हेडलाइट र लोगो तथा बीएमडब्ल्युको पहिचान झल्काउने विभिन्न फिचर छन् ।

सुरक्षाका लागि यसमा एक्टिभ प्रोटेक्सन, एडेप्टिभ सस्पेन्सन, एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, हेडअप डिस्प्ले, ब्रेक इनर्जी रिजेन, ब्रेक प्याड वेयर इन्डिकेटर, क्र्यास सेन्सर, ब्रेकिङ फङसन सहितको क्रुज कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट माउन्टिङ, पार्किङ असिस्टेन्स प्लस, रेन सेन्सर लगायतका विभिन्न फिचर छन् ।

यी वाहेक अनगिन्ती कम्फर्ट र इन्टेरियर इक्विपमेन्ट रहेका छन् भने कम्युनिकेसन एन्ड इन्फोटेनमेन्टका लागि पनि १६ स्पिकर सहितका विभिन्न फिचर भएका इक्विपमेन्ट उपलब्ध छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...