शाहरुख खानले खरिद गरे करोडौ पर्ने नयाँ रोल्स रोयस, पहिलो पटक देखियो सडकमा
बलिउड स्टार शाहरुख खान लक्जरी कारका शौखिन कलाकार हुन् । उनले हालै लक्जरी...
बिएमडब्लुको नेपाल आउने तयारीमा रहेको इलेक्ट्रिक एसयुभी आइएक्सले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ । यूरो एनक्यापले हालै गरेको क्र्यास टेस्टमा यो एसयुभीले उक्त रेटिङ प्राप्त गरेको हो । भारतीय बजारमा भोली लन्च हुने तयारीमा रहेको यो एसयुभीले बयस्क र बच्चा दुबै क्याटेगोरीमा उत्कृष्ट स्कोर प्राप्त गर्दै एक सुरक्षित इभीका रुपमा आफूलाई स्थापित गराएको छ । बिएमडब्लुले जर्मनीको म्युनिख अटो शो –२०२१ मा यसलाई ग्लोबल डिबट गरेको थियो ।
८४ किलोवाट आवर क्षमताको ब्याट्रि प्याक जडान गरिएको यो एसयुभीमा कम्पीले एउटा प्रिमियम प्लस लक्जरी कारमा उपलब्ध हुनुपर्ने प्राय सबैजसो कम्फर्ट र सेफ्टि फिचर्स उपलब्ध गराएको छ । एकपटक फुल चार्ज गरेपछि ४ सय ८० किलोमिटर यात्रा तय गर्न सकिने आइएक्सको अधिकतम पवार २८६ एचपी र टर्क ४०० एनएम रहेको छ । ६.८ सेकेन्डमै १ सय किलोमिटर प्रति घन्टाको गति पकड्न सक्ने यो एसयुभीलाई १८० किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।
नेपालका लागि आधिकारिक बितरक लक्ष्मी प्रिमियमले यो एसयुभीलाई सन् २०२२ भित्र नेपाल भित्राएर कारोबार थाल्ने यसअघि नै बताइसकेको छ । यो इलेक्ट्रिक एसयुभीले अन्तराष्ट्र्रिय बजारमा मर्सिडिज बेन्ज इक्युसी, औडी ई–ट्रोन तथा स्पोर्ट ब्याक र ज्यागुअर आई–पेससंग प्रतिस्पर्धा गर्दै आइरहेको छ । भारतीय बजारमा यसको मूल्य १ करोड भारु माथी पर्ने अनुमान लगाइएको छ ।
बलिउड स्टार शाहरुख खान लक्जरी कारका शौखिन कलाकार हुन् । उनले हालै लक्जरी...
सुर्खेत – जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर कर्णाली प्रदेशको राजधानी...
विश्व अटो बजारमा जर्मन र जापनिज अटो निर्माता एकआपसमा प्रतिस्पर्धा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...