बीएमडब्ल्युको इलेक्ट्रिक बाइक कन्सेप्ट सार्वजनिक, सिंगल चार्जमा ९० किमी रेन्ज प्रदान गर्ने
बीएमडब्ल्युले नयाँ इलेक्ट्रिक बाइकको कन्सेप्ट सार्वजनिक गरेको छ । बाइक...
भारतमा बीएमडब्लु एफ ४५० जीएसको उत्पादन सुरु भएको छ । नयाँ एड्भेन्चर बाइक बैंगलोर नजिकै टीभीएस मोटर कम्पनीको होसुर प्लान्टमा उत्पादन हुन थालेको हो ।
बीएमडब्लु मोटरार्ड र टीभीएस बीचको सहकार्यमा भारतमा बीएमडब्लुका मोटरसाइकल उत्पादन हुँदै आएका छन् । जसको परिणाम स्वरुप नयाँ मोटरसाइकल एफ ४५० जीएसको उत्पादन समेत टीभीएस प्लान्टबाटै भएको हो ।
यी दुई कम्पनीको सहकार्यमा हालसम्म २ लाख युनिट बाइक उत्पादन भएको घोषणा समेत गरिएको छ । एफ ४५० जीएसले ब्रान्डको लाइनअपमा नयाँ इन्ट्री लेभल एड्भेन्चरको रुपमा जी ३१० जीएसलाई प्रतिस्थापन गर्नेछ ।
ट्युबलर स्टिल फ्रेममा आधारित एफ ४५० जीएसको अगाडि ४३ मिलिमिटर केवाईबी अपसाइड–डाउन फोर्क र पछाडि मोनोशक सस्पेन्सन जडान गरिएको छ ।
बाइकमा जडान गरिएको ४५० सीसी ट्विन–सिलिन्डर इन्जिनले ४७.५ बीएचपी पावर र ४३ एनएम टर्क जेनेरेट गर्दछ । साथै, यसमा ६ स्पिड गियरवक्स दिइएको छ ।
बीएमडब्ल्युले नयाँ इलेक्ट्रिक बाइकको कन्सेप्ट सार्वजनिक गरेको छ । बाइक...
सुर्खेत – जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर कर्णाली प्रदेशको राजधानी...
बिएमडब्लुको नेपाल आउने तयारीमा रहेको इलेक्ट्रिक एसयुभी आइएक्सले सेफ्टि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...