विएमडव्लूको यो इलेक्ट्रिक स्कुटर जसले दिन्छ सिंगल चार्जमा १३० किलोमिटर रेन्ज

विएमडब्लूले भारतमा नयाँ इलेक्ट्रिक स्कुटर सिई ०४ सोकेश गरेको छ । एस १००० आर लन्च कार्यक्रममा कम्पनीले सो स्कुटरलाई सोकेश गरेको हो । निकै नै आकर्षक लुक्समा आएको यो स्कुटर भविष्यमा आधारित रहेको विएमडव्लूले जनाएको छ ।

स्कुटरमा ८.९ किलोवाट आवरको व्याट्री र १५ किलोवाटको मोटर जडान गरिएको छ । जसको अधिकतम पावर ४२ एचपी रहेको छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गर्दा १३० किलोमिटर रेन्ज दिने दावी छ । यो स्कुटरले २.६ सेकेन्डमै सून्यदेखी ५० किलोमिटरसम्मको गति लिनसक्ने र यसको टप स्पिड १२० किलोमिटरसम्म रहेको कम्पनीले बताएको छ ।

यो स्कुटरको व्याट्रीलाई २.३ किलोवाटको चार्जरले ४ घन्टा २० मिनेटमा र ६.९ किलोवाटको फास्ट चार्जरले १ घन्टा ४० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । स्कुटरमा ट्रयाक्सन कन्ट्रोल र तीन भिन्न प्रकारका राइडिङ मोड दिइएको छ ।

साथै यसमा १०.२५ इन्चको हाइ रेजुलेसन टिएफटी डिस्प्ले समेत उपलब्ध गराइएको छ । जसमार्फत राइडरले आफ्नो स्मार्टफोनलाई कनेक्ट गरी नेभिगेसन लगायत फिचर प्रयोग गर्न सक्नेछन् । सुरक्षाका लागी यसमा डिस्क व्रेक र एविएस जस्ता फिचर्स पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

शुरुमा ५ लाख बुझाएर नेटा भी किन्न सकिने

शुरुमा ५ लाख बुझाएर नेटा भी किन्न सकिने

काठमाडौं – इलेक्ट्रिक कार नेटा नेटा भी ५ लाख डाउन पेमेन्टमै किन्न सकिने...

वृक्षरोपण र ड्राइभ सहितको ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

वृक्षरोपण र ड्राइभ सहितको ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ इभेन्ट सम्पन्न

काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...

चर्चामा रहेको नामी ईभीको मूल्यमा न्यूनतम २५ हजार देखि १ लाख सम्म वृद्धि

चर्चामा रहेको नामी ईभीको मूल्यमा न्यूनतम २५ हजार देखि १ लाख सम्म वृद्धि

हाल नेपाली बजारमा निकै नै चर्चामा रहेको डोङफेङ नामी ईभीको मूल्यमा वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...