अब बाइकका लागि पनि स्मार्ट नेभिगेसन, लामो यात्रालाई अझ सुरक्षित र सहज बनाउने
सिजिकले आफ्नो एपको संस्करण २६.४ मा एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि...
काठमाडौँ - दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउन सहयोग गर्ने सुगत सतपथीलाई १२ लाख भारु मूल्यकाे बीएमडब्लु सुपरबाइक उपहार दिएका छन् । यो मूल्य रुपान्तरण गर्दा करिव १९ लाख नेपाली रुपैयाँ हुन्छ । यद्यपि नेपालमा भने यसको मूल्य अझै बढी पर्न सक्छ किनकी यहाँ करका कारण मूल्य धेरै महंगो हुन्छ ।
सुगतले इन्स्टाग्राममार्फत अजितका लागि दुई पटक बाइक यात्रा आयोजना गरेको बताएका छन्।
"मेरो लागि २०२२ को अन्त्य एकदमै राम्रो रह्यो। तमिल फिल्म उद्योगका सबैभन्दा ठूला सुपरस्टार मध्येका एक अजित कुमारको सम्पर्कमा आउन पाउँदा म आफूलाई सौभाग्यमानी ठान्छु। बाइक चलाउन शौखिन अजितका लागि मैले उत्तर- पूर्व भ्रमणको आयोजना गरेँ। म उहाँसँग ड्यूक ३९० मा सवार थिएँ। उहाँसँगको यात्रा अविस्मरणीय रह्यो। हामीले धैरे सुन्दर सूर्यास्त र सूर्योदयहरू देख्यौं," उनले लेखेका छन्, "मैले अहिलेसम्म सबैभन्दा राम्रा मान्छेसँग भेटेँ। उहाँ एक चर्चित अभिनेता भए पनि उहाँको नम्रता देखेर छक्क परेँ। सुपरस्टारको पछाडि एक साधारण जीवनलाई ठूलो तरिकामा बाँच्न इच्छुक१ ठूलो भन्नुको मेरो मतलब विलासिता होइन तर मानसिक शान्ति हो। तपाईले दिनुभएको यो उपहार मेरो लागि बाइक मात्र नभई धेरै महत्वपूर्ण छ।"
नोभेम्बरदेखि बाइक यात्रा सुरू गरेका अजितले मे ६ मा आफ्नो यात्रा अन्त्य गरेका हुन्। उनले सुगत सतपथीसँग नेपाल र भुटान भ्रमण गरेका थिए।
अभिनेता कुमार अहिले ७२ औं फिल्म 'विडामुयार्ची' को सुटिङको तयारीमा छन्। ‘विडामुयार्ची’ को सुटिङ सकिएपछि अजितले आगामी नोभेम्बरमा विश्व यात्रा सुरू गर्ने छन् जसमा उनले सातवटै महादेशका महत्वपूर्ण सहरको भ्रमण गर्नेछन् आगामी नोभेम्बरमा उनले पुनः बाइक यात्रा थाल्ने जनाएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...