१२० रुपैयाँमै ब्लु बुक नवीकरणको अवसर

कठमाडौं – सवारी साधनको ब्लु बुक नवीकरण गर्नु पर्ने अवस्था भए केही समयका लागि विशेष अफर उपलब्ध हुने भएको छ । कुनै पनि सवारी धनीको ब्लु बुक नवीकरण गर्ने सुविधा उपलब्ध गराइरहेको स्मार्ट सर्भिस इनले आगामी चैत ३० गते सम्मका लागि सो अफर उपलब्ध गराएको छ ।

राजधानीको भृकुटीमण्डपमा जारी चेम्बर एक्सपोमा समेत स्मार्ट सर्भिस इनले सो अफरको वारेमा जानकारी प्रदान गरिरहेको छ । हाल मोटरसाइकल वा स्कुटरका लागि १२० र चारपांग्रे सवारी साधनका लागि २२० रुपैयाँ शुल्क लिएर सो सुविधा उपलब्ध गराइरहेको स्मार्ट सर्भिस इनको भनाइ छ ।

स्मार्ट सर्भिस इनको वेबसाइटमार्फत कुनै पनि सवारी धनीले आफ्नो ब्लु बुक नवीकरण गर्ने सुविधा उपभोग गर्न सक्छन् । आफू बसेकै स्थानमा स्मार्ट सर्भिस इनका कर्मचारी आउने र यातायात कार्यालयमार्फत ब्लु बुक नवीकरण गरिदिने सुविधा उपलब्ध गराइरहेका छन् ।

यसका साथै वार्षिक रुपमा सब्सक्रिप्सन प्लान समेत स्मार्ट सर्भिस इनले उपलब्ध गराइरहेको छ । अन्य विभिन्न सुविधाका साथै बिल बुक नवीकरण गर्ने समयमा एसएमएस र कल समेत आउने सुविधा छ । यसो भयो भने समयमै नवीकरण गरी जरिवाना तिर्नबाट समेत बच्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

काठमाडौँ – देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात...

जिरो इन्जिनियरिङले सौराहा सम्म च्यारिटी सहितको राइड कार्यक्रम गर्दै

जिरो इन्जिनियरिङले सौराहा सम्म च्यारिटी सहितको राइड कार्यक्रम गर्दै

काठमाडौं – जिरो इन्जिनियरिङ मोटरसाइकलले काठमाडौँबाट सौराहा सम्मको राइड...

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम

काठमाडौँ – काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि साताव्यापी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...