दुबईमा अर्काे वर्षदेखि नियमित रुपमा एयर ट्याक्सी सञ्चालनमा आउने
अमेरिकाको जोबी एभिएशन नामक कम्पनीले अर्काे वर्षदेखि दुबईमा नियमित रुपमा...
कठमाडौं – सवारी साधनको ब्लु बुक नवीकरण गर्नु पर्ने अवस्था भए केही समयका लागि विशेष अफर उपलब्ध हुने भएको छ । कुनै पनि सवारी धनीको ब्लु बुक नवीकरण गर्ने सुविधा उपलब्ध गराइरहेको स्मार्ट सर्भिस इनले आगामी चैत ३० गते सम्मका लागि सो अफर उपलब्ध गराएको छ ।
राजधानीको भृकुटीमण्डपमा जारी चेम्बर एक्सपोमा समेत स्मार्ट सर्भिस इनले सो अफरको वारेमा जानकारी प्रदान गरिरहेको छ । हाल मोटरसाइकल वा स्कुटरका लागि १२० र चारपांग्रे सवारी साधनका लागि २२० रुपैयाँ शुल्क लिएर सो सुविधा उपलब्ध गराइरहेको स्मार्ट सर्भिस इनको भनाइ छ ।
स्मार्ट सर्भिस इनको वेबसाइटमार्फत कुनै पनि सवारी धनीले आफ्नो ब्लु बुक नवीकरण गर्ने सुविधा उपभोग गर्न सक्छन् । आफू बसेकै स्थानमा स्मार्ट सर्भिस इनका कर्मचारी आउने र यातायात कार्यालयमार्फत ब्लु बुक नवीकरण गरिदिने सुविधा उपलब्ध गराइरहेका छन् ।
यसका साथै वार्षिक रुपमा सब्सक्रिप्सन प्लान समेत स्मार्ट सर्भिस इनले उपलब्ध गराइरहेको छ । अन्य विभिन्न सुविधाका साथै बिल बुक नवीकरण गर्ने समयमा एसएमएस र कल समेत आउने सुविधा छ । यसो भयो भने समयमै नवीकरण गरी जरिवाना तिर्नबाट समेत बच्न सकिन्छ ।
अमेरिकाको जोबी एभिएशन नामक कम्पनीले अर्काे वर्षदेखि दुबईमा नियमित रुपमा...
काठमाडौं – बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनले असार मसान्त...
काठमाडौं – नयाँ राइड सेयरिङ प्लेटफर्म “जुमजुम” औपचारिक रुपमा सञ्चालनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...