शाओमीको वाईयू७ जीटीद्वारा चालक बिनै विश्वकै कठिन रेस ट्र्याक नुर्बुर्गरिङ नोर्डश्लाइफेमा नयाँ कीर्तिमान
शाओमीले अटोमोबाइल क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ।...
काठमाडौं – नेपालका भेट्रान राइडर बिक्रम थापाले हिजो जापानको क्लब रेसिङमा जित हात पारेका छन्।
नेपाली मोटरसाइक्लिङ रेस रेसमाण्डुबाट आफ्नो खेल जीवन सुरु गरेका बिक्रम झण्डै एक दशकदेखि जापानमा व्यवसायमा संलग्न छन् र त्यहीको ट्रयाकमा आफूलाई स्थापित गर्दैछन्।
हिजो टोकियो नजिक चिवास्थित सोडेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न मोटरसाइकल रेसिङमा उनले उपाधि हात पारेका हुन् ।
२४०० मिटर लामो ट्रयाकमा ८ ल्याप पुरा गर्दै २२ जनालाई पछि पारेर उनले उपाधि हासिल गरे । ३७३ सीसीसम्मको सिंगल सिलिन्डर अथवा २५० सीसीको ट्विन सिलिन्डर मोटरसाइकलको सो क्लब सिरिजको चौथो राउण्डमा फर्स्ट पोजिसन निकाल्न बिक्रम सफल भएका हुन् ।
नेपाली मोटरसाइकल रेसिङका सुरुवाती समयका उम्दा राइडर बिक्रम नेपालको प्रारम्भिक र लोकप्रिय रेसिङ रेसमाण्डुमार्पmत नेपाली मोटरसाइकल रेसिङलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने एक मुख्य पात्र समेत हुन् ।

नेपालका थुप्रै रेसिङ इभेन्टका पोडियम होल्डर बिक्रमले एशिया कप अफ रोड रेसिङ, सुजुकी एसियन च्यालेन्ज जस्ता अन्तर्राष्ट्रिय रेसमा राम्रो पदर्शन गर्नुका साथै २०१४ मा बेजिङमा भएको एफआईए योङ ड्राइभर्स एक्सिलेन्स एकेडेमी टे«निङमा फर्मुला रेसिङ तयारीका लागि नेपालबाट छनौट समेत भएका थिए । यस अघि २०१८ मा जापानमै भएको टिके रेन्टल बाइक सिरिजको एक्सपर्ट क्लासको उपाधि समेत उनले जितेका थिए ।
उनकाप्रदर्शनिलाई मध्यनजर गर्दैनेपालअटोमोवाइल्स एसोसिएसनले गतवर्ष उनलाई च्याम्पियन्स अवार्डले सम्मान गरेको थियो ।
लाखौँ नेपाली कार्यरत रहेको जापानमा हाल दजनौँ मोटरस्पोर्ट्सका पारखी सार्वजनिक भइरहेका छन् । यस अवस्थामा बिक्रमकै सक्रियतामा ‘मोटो–जापनेपाल’ क्लब स्थापनाका लागि गत महिनादेखि नेपाल र जापानमा संस्थागत रुपमा कार्ययोजना संचालन गर्ने योजना रहेको बिक्रम बताउँछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...