यी बाइकमा छ एबीएस : वर्षामा चलाउदा बाइक चिप्लने खतरा हुन्छ कम

एबीएस अर्थात एन्टी लक ब्रेकिङ सिस्टम नभएको बाइक ड्राइभ गर्नु खतरनाक हुन्छ । हाल प्रायः सबै नयाँ बाइकमा एबीएस सिस्टमको प्रयोग गरिएको हुन्छ । एबीएसले दुबै पाङ्ग्राको स्पिड सेन्सरलाई नियन्त्रण गर्छ, जसले गर्दा अचानक ब्रेक लगाउँदा दुबै पाङ्ग्राले बराबर बल लगाएको हुन्छ । एबीएस सिस्टमले अचानक ब्रेक लगाउँदा बाइकको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

एबीएसले सुसज्जित केही बाइकको बारेमा चर्चा गरौं ।

रोयल इन्फिल्ड क्लासिक ३५०
रोयल इन्फिल्डका सबै बाइकमा एबीएस सिस्टम समावेश गरिएको छ । रोयल इन्फिल्डको बाइक किन्ने योजनामा हुनुहुन्छ भने रोयल इन्फिल्डको बाइक छनोट गर्न सक्नुहुन्छ ।

यामाहा एमटी–१५
यामाहा एमटी–१५ भर्सन २.० मा १५५ सीसी लिक्विड–कूल्ड सिंगल–सिलिन्डर इन्जिन छ । यो बाइकले अधिकतम १८.४ पीएस पावर र १४.१ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स छ । एमटी–१५ मा स्लिपर क्लच प्रदान गरिएको छ । यसमा क्विक शिफ्टर जडान गरिएको छैन तर आर१५एममा भने जडान गरिएको छ ।

टीभीएस अपाचे आरटीआर १६०
टीभीएस अपाचे आरटीआर १६० ४भीमा १५०.६ सीसी आयल कुल्ड ४ भल्व इन्जिन द्वारा संचालित छ, जसले १७.४० बीएचपी र १४.७३ एनएमको टर्क जेनेरेट गर्छ । यसलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

टीभीएस अपाचे आरटीआर १६५ आरपी
एबीएस सिस्टमले सुसज्जित यस बाइकमा १६४.९ सीसी सिंगल सिलिन्डर ४ भल्व इन्जिन दिइएको छ, जसले १०००० आरपीएममा १९ एचपीको अधिकतम पावर र ८७५० आरपीएममा १४.२ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिनलाई ५ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ । यसको मूल्य १ लाख ४५ हजार भारु छ ।

सम्बन्धित समाचारहरू

आपचे आरटिआर १६० को रेसिङ एडिसन सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

आपचे आरटिआर १६० को रेसिङ एडिसन सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– टिभिएसले आफ्नो चर्चित मोटरसाइकल अपाचे आरटिआर १६० टुभीको रेसिङ...

बिहीबार नेपाली बजारमा सार्वजनिक हुने भयो टीभीएस अपाचे आरटीआर २०० फोरभी बीएस६

बिहीबार नेपाली बजारमा सार्वजनिक हुने भयो टीभीएस अपाचे आरटीआर २०० फोरभी बीएस६

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आगामी...

पहिलो पटक बीटीओ सिस्टम सहितको टीभीएस अपाचे आरआर ३१० आयो बजारमा

पहिलो पटक बीटीओ सिस्टम सहितको टीभीएस अपाचे आरआर ३१० आयो बजारमा

भारतमा टीभीएस अपाचे आरआर ३१० को २०२१ भर्सन लन्च भएको छ । यसको मूल्य भारतमा २...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...