१ महिनामै भित्रिए २८ हजार दुईपाँग्रे सवारीः विद्युतीय स्कुटरको आयातमा रेकर्ड

काठमाडौँ–चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा नेपालमा झण्डै २८ हजार युनिट दुईपाँग्रे सवारी साधन भित्रिएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको वैदेशिक व्यापार तथ्याङ्क अनुसार कुल २७ हजार ८०६ युनिट दुईपाँग्रे सवारी आयात भएको हो ।

विभागका अनुसार यस अवधिमा ४ अर्ब रुपैयाँ बराबरको मोटरसाइकल र स्कुटर (मोपेड बाहेक) नेपाल भित्रिएका छन् । यसबाट सरकारले ३ अर्ब ४८ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

विद्युतीय दुईपाँग्रेमा नयाँ रेकर्ड
चालु आर्थिक वर्षको साउन महिना विद्युतीय दुईपाँग्रे सवारीका लागि बनेको छ । पहिलो पटक एकै महिनामा ५ हजार युनिटभन्दा बढी विद्युतीय स्कुटर नेपाल भित्रिएका छन् । तथ्याङ्क अनुसार साउनमा ५ हजार १७४ युनिट विद्युतीय दुईपाँग्रे सवारी आयात भएका छन् । कुल दुईपाँग्रे आयातमा विद्युतीयको हिस्सा १८.६० प्रतिशत पुगेको छ ।

८० प्रतिशत सवारी अनएसेम्बल
नेपालमा सवारी साधन एसेम्बल गर्ने उद्योगहरूको संख्या बढेसँगै आयातको स्वरूपमा पनि परिवर्तन देखिएको छ । साउनमा आयात भएका कुल दुईपाँग्रे सवारीमध्ये ८० प्रतिशतभन्दा बढी अनएसेम्बल रहेका छन् । हाल नेपालमा रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, र सीएफमोटो लगायत आधा दर्जनभन्दा बढी ब्रान्डका मोटरसाइकल र स्कुटरहरू स्थानीयस्तरमै एसेम्बल हुँदै आएका छन् ।

गत वर्षको तुलनामा ७.५२ प्रतिशतले गिरावट
समग्र आयात संख्यामा भने गत वर्षको तुलनामा केही गिरावट देखिएको छ । गत आर्थिक वर्षको साउनमा ३० हजार ८७ युनिट मोटरसाइकल र स्कुटर भित्रिएकोमा यस वर्ष ७.५२ प्रतिशत अर्थात् २ हजार २६२ युनिटले कमी आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...