फर्केर हेर्दा वर्ष २०८० : तीन ठूला ब्रान्डले थाले स्वदशमै बाइक एसेम्वलिङ

वर्ष २०८० सकिएको छ र नयाँ वर्ष २०८१ को आगमन भएको छ । चरम आर्थिक मन्दिका कारण वर्ष २०८० मा अटो बजारमा खासै रौनक देखिएन । प्यासेन्जर कार र भ्यान सेग्मेन्टमा ईभीले बजार तताएपनि बाँकी सबै सेग्मेन्टको बजारमा संकुचन आयो ।

वर्ष २०८० मा टु–ह्विलर बजार नराम्रोसंग प्रभावित बन्यो । कार सेग्मेन्टमा ईभी सफल भएको देखेर टु–ह्विलरमा पनि नयाँ नयाँ ब्रान्डका ईभी आउने लहर नै चलेपनि ति ब्रान्डले बजार लिन सकेनन् । उता पेट्रोलियम बाइकको बिक्री पनि अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतसम्मले खस्कियो ।

टु–ह्विलरको बजार साँघुरिँदै गएपनि यो वर्ष तीनवटा ब्रान्डले स्वदेशमै एसेम्वल प्लान्ट लगाएर बाइकको उत्पादन थाले । त्यसअघि बजाज र टिभिएसले मात्रै नेपालमा बाइक एसेम्वल गर्दै आएका थिए । तीन ठूला ब्राण्ड रोयल इन्फिल्ड, यामाहा र होण्डाले पनि स्वदेशमै बाइक एसेम्बल गर्न थालेका हुन् ।

रोयल इन्फिल्डले क्लासिक ३५०, हन्टर ३५० र स्क्र्याम ४११ र मेटियर ३५० मोडल एसेम्वल गर्दै आएको छ । नेपालमै एसेम्वल हुन थालेपछि मूल्य समेत कम हुँदा यी बाइक निकै चर्चिन बने । टु–ह्विलरको समग्र बजार घटिरहेको अबस्थामा पनि रोयल इन्फिल्डलाई भने बाइक डेलिभरी दिननै हम्मेहम्मे पर्यो ।

रोयल इन्फिल्डपछि यामाहाले पनि स्वदेशी प्लान्टबाट बाइकको उत्पादन थाल्यो । एफजेड भी३ को स्ट्यान्डर्ड भेरिएन्टमार्फत एसेम्बल यात्रा सुरु गरेको एमएडब्लु ग्रुपले अहिले थप मोडललाई समेत यहिँ एसेम्वल गर्दै आएको छ ।

स्कुटरको बिक्रीमा एकछत्र जस्तै बजार लिन सफल होण्डाले वर्षको अन्तिमतिर स्वदेशमै एसेम्बल थाल्यो । डिओ स्कुटरबाट एसेम्बल यात्रा थालेको स्याकार ट्रेडिङ कम्पनीले विस्तारै अन्य मोडललाई पनि यहिँ उत्पादन गर्ने योजना बनाएको छ । सजुकी र हिरो ब्राण्डका बाइक पनि निकट भविष्यमै यहिँ एसेम्वले हुने तयारीमा छन् ।

सम्बन्धित समाचारहरू

होन्डाले पुरा गर्यो ३० लाख मोटरसाइकल र स्कुटर निर्यातको माइलस्टोन

होन्डाले पुरा गर्यो ३० लाख मोटरसाइकल र स्कुटर निर्यातको माइलस्टोन

होन्डा इन्डिायले ३० लाख मोटरसाइकल र स्कुटर निर्यातको माइलस्टोन पुरा गरेको...

आकर्षक लुक सहित होन्डाले अन्तर्राष्ट्रिय बजारमा ल्यायो ३०० सीसीको एड्भेन्चर बाइक

आकर्षक लुक सहित होन्डाले अन्तर्राष्ट्रिय बजारमा ल्यायो ३०० सीसीको एड्भेन्चर बाइक

होन्डाले होन्डा एक्सआरई ३०० को २०२१ भर्सन लन्च गरेको छ । कम्पनीले सो बाइक...

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

चाडपर्ब नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...