बेनेलीले ल्यायो २X डिस्काउन्ट अफर, बाइक किन्दा ६० हजार छुटका साथ यति एयरलाइन्सको दुईतर्फी टिकट
बेनेलीले नयाँ वर्ष २०२५ लाई शानदार बनाउँदै ग्राहकहरूको लागि विशेष अफर २X...
काठमाडौं - नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ मा इटालियन ब्रान्ड बेनेलीले आफ्नो नयाँ स्कुटर प्यानेरियामा विशेष छुटसहितको अफर सार्वजनिक गरेको छ।
स्टलमा पुग्ने ग्राहकले प्यानेरिया स्कुटरमा ५० हजार सम्मको छुट पाउनेछन्।
प्यानेरिया स्कुटर आधुनिक डिजाइन, सुविधाजनक फिचर र उच्च कार्यक्षमता लिएर आएको छ, जुन विशेषगरी शहरी यात्रुहरूलाई ध्यानमा राखी तयार गरिएको हो।
कम्पनीका अनुसार यो अफर एक्सपाे अवधिभर मात्र लागू हुनेछ।
प्यानेरिया १२५ ले नियाे–रेट्रो डिजाइन, आधुनिक सुविधा र उच्च कार्यक्षमता प्रदान गर्छ। १२४ सीसी ईएफआई इन्जिनसहित यो स्कुटरले अधिकतम ८.५ पीएस पावर र ९.२ एनएम टर्क उत्पादन गर्छ। करिब ९० किमी प्रतिघण्टाको अधिकतम गति र ५० किमी प्रति लिटरको माइलेज दिन सक्ने क्षमता यसको विशेषता हो।
यसमा एलईडी हेडलाइट, एनालग–डिजिटल मिश्रित ड्यासबोर्ड, युएसबी चार्जिङ पोर्ट, १२ लिटर अन्डर–सिट स्टोरेज र आरामदायी लेदर–फिनिस सीट जस्ता सुविधाहरू छन्। सुरक्षाका लागि अगाडि १९० एमएम डिस्क ब्रेक र पछाडि १३० एमएम ड्रम ब्रेक जडान गरिएको छ।
नेपालमा बेनेलीकाे आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले प्यानेरियाकाे प्रारम्भिक मूल्य ३ लाख ४९ हजार ९ सय रुपैयाँ ताेकेकाे छ । अब यो स्कुटर अफरसहित २ लाख ९९ हजार ९ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
बेनेलीले नयाँ वर्ष २०२५ लाई शानदार बनाउँदै ग्राहकहरूको लागि विशेष अफर २X...
काठमाडौं – नेपाली बजारमा उपलब्ध बेनेलीका विभिन्न मोडलका बाइकको मूल्य...
बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक केटिएम इन्टरनेसनल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...