बेनेली बाइकले ल्यायो ‘चढौं बेनेली, बाँडौं खुसी !’ अफर, बाइक किन्दा १ लाख सम्म छुट

काठमाडौं – नेपालका लागि बेनेली बाइकको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले महान चाड बडा दशैं तथा शुभ दिपावली २०८१ को विशेष छुट योजना ‘चढौं बेनेली, बाँडौं खुसी योजना’ सार्वजनिक गरेको छ ।

कम्पनीका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेका अनुसार यस योजनामा ग्राहकहरूले बेनेली बाइकको खरिदमा १ लाख रुपैयाँ सम्मको छुट पाउन सक्नेछन् । यस अफर अन्तर्गत ग्राहकहरूले मनपरेको बाइक तथा स्कुटर खरिद गरी यसपालिको दशैंमा आफ्नो परिवारसँग खुसी बाँड्न सक्नेछन्।

सो अफरमा १२५ सीसीको बेनेली स्कुटर २ लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ भने बेनेली १८०एस ३ लाख ३० हजार रुपैयाँमा किन्न सकिनेछ । थप रूपमा, ग्राहकहरूले १२ हजार मूल्य पर्ने बेनेली ब्रान्डको हेलमेट निःशुल्क पाउनेछन्। साथै, पुरानो बाइक साटफेर गर्दा अतिरिक्त ३० हजार रुपैयाँका् मूल्याङ्कन गरिनेछ र सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ ।

केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेली बाइकसँगै सुनरा इलेक्ट्रिक सवारी साधनहरू पनि बिक्री गर्दै आइरहेको छ । यो दशैंको अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ, जसले गर्दा ग्राहकहरुले नयाँ सवारी साधनसँगै विशेष छुट र आकर्षक अफरको लाभ लिन सक्नेछन्।

बेनेलीको यो अफरले नेपाली बजारमा प्रिमियम बाइक चलाउने सपना सजिलै पूरा गराउन सहयोग पु¥याउने कम्पनीको अपेक्षा छ ।

सम्बन्धित समाचारहरू

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

यी हुन् नेपाली बजारमा धेरैले रुचाउने ३ लाख हाराहारी मूल्यमा उपलब्ध १२५ सीसी स्कुटर

नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

यस्तो छ नेपाली बजारमा भित्रिएको बेनेली टीआरके २५१ एड्भेन्चर बाइक

यस्तो छ नेपाली बजारमा भित्रिएको बेनेली टीआरके २५१ एड्भेन्चर बाइक

बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक केटिएम इन्टरनेसनल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...