इलेक्ट्रिक सवारी साधनमा बढी रेन्ज पाउन अपनाउनुस् यी टिप्स
इलेक्ट्रिक स्कुटर वा कार खरिद गर्दा यसको रेन्जमा विशेष ध्यान दिनु पर्छ ।...
काठमाडौं – नेपाली बजारमा अर्को सानो ईभी भित्रिने भएको छ । बेइजिङ अटोमोबाइल वर्क्स अर्थात बीएडब्लुको ५ ढोका भएको ४ सिटर सिटी कार नेपाली बजारमा उपलब्ध हुने भएको हो । एलआरआर मोटर्सले सो ईभी नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।
बीएडब्लुको ब्रम्बी सिटी कार नेपाली बजारमा उपलब्ध हुनेछ । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।
होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।
सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।
यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।
बीएडब्लुको स्थापना सन् १९५१ मा भएको थियो । विशेष गरी चिनियाँ सैनिकका लागि अफरोड भेइकल उत्पादन गर्ने कम्पनीको रुपमा परिचित बीएडब्लुले सन् २०२० देखि ईभी उत्पादन थालेको थियो । हाल कम्पनीमा ८ हजार कर्मचारी र विश्वभर २ हजार सेल्स तथा सर्भिस आउटलेट छन् ।
विशेष गरी दैनिक प्रयोजनका लागि उपयुक्त यो कार सिटी राइडका लागि प्रयोग गर्न सकिन्छ ।
आगामी भदौको दोस्रो सातामा यो कार नेपाली बजारमा लन्च गर्ने तयारी भएको कम्पनीको भनाइ छ । सम्भवतः यसलाई नाडा अटो शोमा समेत अवलोकन गर्न सकिने छ ।
इलेक्ट्रिक स्कुटर वा कार खरिद गर्दा यसको रेन्जमा विशेष ध्यान दिनु पर्छ ।...
चिनियाँ ईभी निर्माता जीएसी एवोनले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित...
चाइनिज ईभी ब्रान्ड होजोन अटोको स्वामित्वमा रहेको नेटा अटोले पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...