विद्युतीय कार किन्ने निर्णय लिनु पहिले यसका फाइदा र सीमितता जान्नु आवश्यक
विद्युतीय कारमा के तपाईंको रुचि छ ? हुनसक्छ, तपाईंले आफ्नो अर्को कार...
सन् २०२७ देखि युरोपेली संघमा आबद्ध देशहरूमा बिक्री हुने सबै विद्युतीय सवारीसाधनमा ‘ब्याट्री पासपोर्ट’ लागु हुने भएको छ ।
रिपोर्टका अनुसार विद्युतीय सवारी साधनहरूको ब्याट्री पासपोर्टले ब्याट्री प्याकको आपूर्ति श्रृंखला, स्रोतहरू र प्रयोग गरिएका कच्चा पदार्थहरूको बारेमा विवरणहरू प्रदान गर्नुपर्नेछ । यद्यपी ब्याट्री पासपोर्टमा समावेश हुनु पर्ने सही जानकारीको पुष्टि भने हुन बाँकी नै रहेको सो रिपोर्टमा उल्लेख गरिएको छ ।
ब्याट्री पासपोर्टलाई कडाईका साथ लागु गर्न छुट्टै नियामक निकाय ब्याट्री पास कन्सोर्टियम स्थापना समेत गरिएको छ । ब्याट्री राहदानी निर्माताले प्राविधिक नेतृत्वको रूपमा सेवा गर्ने र कार्यक्रम जर्मनीको आर्थिक मामिला र जलवायु कार्यको संघीय मन्त्रालय मातहत रहने जनाइएको छ । । मन्त्रालयले बीएमडब्लू र औडी जस्ता केही कार निर्माताहरूसँग पनि साझेदारी गरेको छ ।
हालको प्रस्ताव अनुसार राहदानीमा ९० वटा सूचनाहरू सात भागमा फैलिएको हुनेछ । जसमा, ब्याट्री र निर्माताबारे जानकारी, अनुपालन, प्रमाणीकरण र लेबलहरू, ब्याट्री कार्बन फुटप्रिन्ट, आपूर्ति श्रृंखला, ब्याट्री सामग्री र संरचना, सर्कुलरिटी एबं संसाधन दक्षता र प्रदर्शन तथा स्थायित्व सामेल हुनेछन् । प्रत्येक पासपोर्टको लागि प्रति ब्याट्री ७.६० देखि १३.९० डलरसम्म खर्च हुने जनाइएको छ ।
ब्याट्री पासपोर्ट लागु भएपछि ब्याट्रीको ब्यवस्थापन गर्न सहज हुनुको साथै उपभोक्ताले आफ्नो ईभीमा कुन गुणस्तरको ब्याट्री प्रयोग भएको छ भनेर जानकारी पाउन समेत सहज हुने अपेक्षा राखिएको छ ।
विद्युतीय कारमा के तपाईंको रुचि छ ? हुनसक्छ, तपाईंले आफ्नो अर्को कार...
एथर इनर्जीले अन्ततः आफ्नो पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर एथर रिज्टा...
काठमाडौं – विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...