टेस्लाको ब्याट्रीभित्र पानी पसेपछि मर्मत गर्दा २८ लाखको बिल

स्कटल्यान्डमा एकजना ब्यक्तीले टेस्ला मोडल वाईको ब्याट्रीमा पानी पसेपछि मर्मत गर्न २८ लाख बिल आएको भन्दै आपत्ती जनाएका छन् । जोनी बासिगालुपो र रोब हसी दम्पतीले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै आफूले पानी परेको बेला गाडी चलाउन खोज्दा ब्याट्री बिग्रिएको र मर्मत गर्न गाडीको मूल्यभन्दा आधा रकम लाग्ने अवस्था सिर्जना भएको दाबी गरेका छन् ।

ती दम्पतीका अनुसार ब्याट्री मा पानी पसेर खराव भएकपछि परिवर्तन गर्न १७ हजार ३१४ पाउन्ड (करिब २८ लाख १५ हजार रुपैयाँ ) खर्च गर्नु परेको हो ।

रेस्टुरेन्टको पार्किङमा गाडी राखेर खाना खान गएका उनीहरु पछि फर्किदा वाहिर पानी परिरहेको र गाडी चलाउन खोज्दा स्टार्ट नै नभएपछि टेस्ला सपोर्टमा फोन गरेको उनीहरुको भनाई छ । बासिगालुपोका अनुसार टेस्ला सपोर्टबाट आएका व्यक्तिहरूले पनि सबैभन्दा पहिले गाडीमा के समस्या आयो भन्ने कुरा पहिचान गर्न सकेनन् ।

उनीहरूले गाडी नै उठाएर वर्कशपमा लगेपछि कल गरेर पानीका कारण ब्याट्री बिग्रेको बारे जानकारी गराएका थिए । तर, दुर्भाग्यवश ब्याट्रीको समस्या आठ वर्षको वारेन्टीमा समावेश थिएन । गाडीको ब्याट्री परिवर्तन गर्न लाग्ने खर्च धेरै हुनु अनौठो विषय भने होइन ।

सम्बन्धित समाचारहरू

धनगढीका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी, ब्रान्ड र रेन्जको आकर्षण

धनगढीका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी, ब्रान्ड र रेन्जको आकर्षण

काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी...

गोगोरोले नक्सालमा खोल्यो पहिलो एक्सपिरियन्स सेन्टर, ग-यो स्वापिङ प्लानको घोषणा

गोगोरोले नक्सालमा खोल्यो पहिलो एक्सपिरियन्स सेन्टर, ग-यो स्वापिङ प्लानको घोषणा

काठमाडौं–ब्याट्री–स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा...

पेट्रोल पम्प र प्रहरी कार्यालयका २५ उपयुक्त स्थानहरुमा चार्जिङ स्टेशन राखिने

पेट्रोल पम्प र प्रहरी कार्यालयका २५ उपयुक्त स्थानहरुमा चार्जिङ स्टेशन राखिने

नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...