बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

पोखरा – पोखरामा बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि र एसएसएल मोटर्स कम्पनीले आज देखि प्रारम्भ भएको ‘वाडा अटो शोे २०२५’ को लागि आकर्षक अफरहरू सार्वजनिक गरेका छन् ।

एलिट मोटर्स गण्डकी र धवलागिरिमा निसान, ओमोडा एन्ड जेइको र जिकरका लागि लागि आधिकारिक डिलर हो भने एसएसएल मोटर्स कम्पनी लिपमोटर र सिट्रोनका लागि आधिकारिक डिलर हो ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजना हुन गइरहेको ‘वाडा अटो शोे २०२५’ मा नेपालको अटोमोबाइल बजारका चर्चित कम्पनीहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसन आदिको सहकार्य र सहभागिता रहेको छ । अत्याधुनिक अटोमोटिभ ब्रान्ड र विशेष अफरहरूको भव्य प्रदर्शनीको रुपमा रहेको ‘वाडा अटो शोे २०२५’, पोखराको अमरसिंह मैदानमा २०८१ चैत १४ गतेदेखि १८ गतेसम्म (तदनुसार २७ मार्चदेखि ३१ मार्च २०२५) आयोजना हुँदैछ ।

अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गरेको बताएको छ, जहाँ सहभागी तथा दर्शकहरूले अत्याधुनिक गाडी अनुभव गर्नुका साथै सीमित समयका लागि विशेष अफरहरूको लाभ लिन सक्नेछन् । प्रदर्शनीमा शारडा ग्रुपअन्तर्गत ओमोडा एन्ड जेइको, निसान र जिकर ब्रान्डहरू स्टल नम्बर ‘ए–सिक्स’ र ‘ए–सेभेन’मा प्रस्तुत गरिएको छ । यस्तै गरी, गोल्छा ग्रुपले स्टल नम्बर ‘ए–टु’ मा ‘लिपमोटर’ र ‘सिट्रोन’ ब्रान्डका गाडीहरू प्रदर्शन गरेको छ ।

ओमोडा एन्ड जेइकोको स्टलमा विशेष वार्षिकोत्सव (एनिभर्सरि) लाभहरूसहित ‘वान इयर अफ इनोभेसन’ को उत्सव (ब्रान्डको नेपालमा पहिलो वार्षिकोत्सव) मनाइनेछ । सीमित अवधिका लागि, ग्राहकहरूले नयाँ ओमोडा एन्ड जेइको गाडी ५५ लाख ९९ हजारको सुरुवाती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्नेछन्, जसमा ५ लाख १५ हजार बराबरको लाभ समावेश हुनेछ ।

यी लाभहरूमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमाका साथै ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको उत्कृष्ट वारेन्टी समावेश छन् । त्यसैगरी, ग्राहकहरूले निःशुल्क ७ किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि प्राप्त गर्नेछन् ।

जिकरले पनि ग्राहकहरूका लागि विशेष अफरहरू ल्याएको छ जसअन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर र चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर समावेश छन् ।

साथै, निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण, सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ सहित प्रदर्शनमा रहेको छ । यसमा २६ हजार ३२० रुपैयाँको मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधाहरू समेटिएको छ । त्यसैगरी ग्राहकहरूले एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।

त्यसैगरी लिपमोटरले ‘वाडामा नाडा अफर’ घोषणा गरेको छ, जसअन्तर्गत लिपमोटर ‘सि–टेन’ ६७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा बुक गर्न सकिनेछ । वाडा विशेष अफरहरूमा २० प्रतिशत डाउनपेमेन्ट, निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर आदि छन् भने अटो शोेमा स्टल नम्बर ‘ए–टु’ भ्रमण गर्ने ग्राहकहरूले लिपमोटरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि प्राप्त गर्नेछन् ।

एलिट मोटर्स र एसएसएल मोटर्स दुवैले ग्राहकहरूको अटोमोटिभ तथा ड्राइभिङ अनुभवलाई अझ सहज, किफायती र उत्साहजनक बनाउन निरन्तर प्रयास गर्दै आइरहेको बताएका छन् । वाडा अटो शोेमा गरेको सहभागिताले कम्पनीको ‘विश्वस्तरीय अटोमोटिभ ब्रान्डहरू र सेवाहरू ग्राहकहरूमाझ सहज रूपमा उपलब्ध गराउने’ प्रतिबद्धतालाई झल्काउँदछ ।

सम्बन्धित समाचारहरू

वीरगञ्ज नाकाबाट विद्युतीय सहित चार पांग्रे सवारीसाधनको आयात घट्यो

वीरगञ्ज नाकाबाट विद्युतीय सहित चार पांग्रे सवारीसाधनको आयात घट्यो

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पांग्रे...

एमजी मोटरले ल्याउँदैछ कोमेटमा आधारित नयाँ इलेक्ट्रिक कार एक्सेलर ईभी

एमजी मोटरले ल्याउँदैछ कोमेटमा आधारित नयाँ इलेक्ट्रिक कार एक्सेलर ईभी

एमजी मोटरले नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले गत...

अजय देवगनले खरिद गरे पहिलो इलेक्ट्रिक कार, यस्तो छ विशेषता

अजय देवगनले खरिद गरे पहिलो इलेक्ट्रिक कार, यस्तो छ विशेषता

बलिउड अभिनेता अजय देवगनले आफ्नो पहिलो ईभी कार अल न्यू बीएमडब्ल्यु आई७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...