भारतबाट निर्यात हुने टु–ह्विलरमा बजाज र टीभीएसको हिस्सा ७२ प्रतिशत, कुन मोडल बढी लोकप्रिय

भारतले वर्ष २०२५ मा हालसम्मकै सर्बाधिक मोटरसाइकल तथा स्कुटर निर्यात गरेको छ । भारतीय टु–ह्विलर उद्योगले २०२५ सालमा ४३ लाख युनिट निर्यातको रेकर्ड कायम गरेको छ । जुन गत वर्षको तुलनमा २७ प्रतिशत बढी हो ।

बजाज अटो र टीभीएस मोटर कम्पनीले समग्र निर्यात चार्टको नेतृत्व गरेका छन् । यी दुई ब्रान्डले भारतबाट पठाइएका कुल मोटरसाइकलको लगभग ७२ प्रतिशत हिस्सा ओगटेका छन् ।

एक रिपोर्ट अनुसार, भारतको प्रतिस्पर्धी उत्पादन क्षमता र राम्रोसँग स्थापित विश्वव्यापी वितरण सञ्जालको संयोजनले मोटरसाइकल निर्यातलाई बलियो गति दिन सक्षम बनाएको छ ।

भारतीय टु–ह्विलर बजारका लागि कोलम्बिया र ब्राजिलको नेतृत्वमा ल्याटिन अमेरिका एक उत्कृष्ट गन्तब्य बनेको छ । त्यसैगरी, अफ्रिकामा नाइजेरिया एक प्रमुख बजार बनेको छ भने नेपाल र फिलिपिन्स लगायत एसियाली बजारमा समेत माग बढिरहेको छ ।

२०२५ मा बजाजले १९ लाख युनिट मोटरसाइकल निर्यात गरेको छ, जुन गत वर्षको तुलनामा ३ लाख युनिट वढी हो । त्यसैगरी टीभीएसले १३ लाख युनिट मोटरसाइकल तथा स्कुटर निर्यात गर्न सफल भएको छ । टीभीएसले गत वर्षको तुलनामा ४ लाख युनिट बढि मोटरसाइकल तथा स्कुटर निर्यात गर्न सफल भएको हो ।

२०२५ मा बजाज बक्सर भारतबाट सबैभन्दा धेरै निर्यात गरिएको बाइक थियो भने त्यसपछि टिभीएस स्टार सिटी दोस्रो स्थानमा रह्यो ।

बजाज र टीभीएस बाहेक हिरो मोटोकर्प, होन्डा, रोयल इनफिल्ड, सुजुकी र यामाहा जस्ता धेरै अन्य ब्रान्डले समेत निर्यात बढाएका छन् । अल्ट्राभायोलेट अटोमोटिभ र एथर इनर्जी जस्ता धेरै नयाँ ब्रान्डको उदयसंगै २०२६ मा निर्यात मात्रा अझ बढ्ने सम्भावना देखिएको छ ।

सम्बन्धित समाचारहरू

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

फर्केर हेर्दा २०७७ : भर्चुअल लन्चको वर्ष

फर्केर हेर्दा २०७७ : भर्चुअल लन्चको वर्ष

विक्रम संवत २०७७ सकिदै छ । वर्ष २०७७ लाग्दै गर्दा विश्वभर कोरोना भाइरसकेको...

टीभीएसको नयाँ जुपिटर अब नेपालमा, मूल्य २ लाख ५८ हजार

टीभीएसको नयाँ जुपिटर अब नेपालमा, मूल्य २ लाख ५८ हजार

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...