लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने
लालबन्दी – सर्लाहीकाे लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने...
बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको ट्रायम्फ मोटरसाइकलसँग सहकार्य गरेको छ । यो साझेदारी अन्तर्गत बजाजले भारतमा ३५० सीसी सेगमेन्टमा नयाँ बाइक लन्च गर्नेछ । नयाँ बाइक बेलायतमा परीक्षण भइरहेको छ र फेस्टिभ सिजनमा भारतमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
यी दुवै कम्पनीले २ वटा मोडलमा काम गरिरहेका छन् । रिपोर्टका अनुसार बजाज र ट्रायम्फले नयाँ बाइकको नाम स्क्रयाम्बलर र रोडस्टर स्टाइलमा राख्न सक्नेछ । सो बाइक लन्चिङ पछि ३०० सीसी सेगमेन्टमा रोयल इन्फिल्ड, होन्डा, येज्दी र केटीएमसँग प्रतिस्पर्धा गर्नेछ ।
सो नयाँ बाइकमा राउण्ड फ्युल ट्याङ्कीसहित राउण्ड हेडल्याम्प र नयाँ पल्सर २५० जस्तै ट्युबुलर स्टिल फ्रेममा आधारित हुने अपेक्षा गरिएको छ । रिपोर्टका अनुसार नयाँ बजाज–ट्रायम्फ बाइकमा यूएसडी फ्रन्ट फोक्र्स, रियर मोनोसक, १९ इन्च फ्रन्ट र १७ इन्च रियर ह्विल उपलब्ध हुनेछ । रोडस्टर मोडलमा सिंगल सिट र स्क्रयाम्बलर मोडेलमा स्प्लिट–सिट सेट–अप हुने सम्भावना छ ।
नयाँ बाइकमा सिंगल सिलिन्डर इन्जिन हुने सम्भावना छ । यसको इन्जिन लिक्विड–कुल्ड ४–भल्व डीओएचसी युनिट हुनेछ । बजाज ट्रायम्फ बाइकको मूल्य करिब २ लाख भारु हुने अनुमान गरिएको छ ।
लालबन्दी – सर्लाहीकाे लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने...
काठमाडौं–डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा...
बजाजले भोलि लन्च गर्ने तयारी गरिरहेको विश्वकै पहिलो सीएनजी बाइकको नाम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...