चेतकको प्रिमियम भेरिएन्ट ल्याउँदै बजाज, फिचर र रेन्ज बढ्ने

काठमाडौं– बजाजले आफ्नो इलेक्ट्रिक स्कुटर चेतकलाई ठूलो ब्याट्री प्याक दिएर ल्याउने भएको छ । ब्याट्रीको साइजसंगै यसमा केही प्रिमियम फिचर समेत थप गर्ने कम्पनीले जनाएको छ ।

चेतकको प्रिमियम भेरिएन्टमा ३.२ किलोवाट आवरको ब्याट्री प्याक जडान हुनेछ । हाल बिक्री हुँदै आएको भेरिएन्टमा २.८८ किलोवाट आवरको ब्याट्री प्याज जडान गरिएको छ, जसले सिंगल चार्जमा १०८ किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ ।

नयाँ भेरिएन्ट प्रिमियमा ठूलो साइजको ब्याट्री जडान हुने हुँदा यसले दिने रेन्ज समेत १२७ किलोमिटर हुने कम्पनीको दावी छ । साथै यसको टप स्पिड समेत ६३ किलोमिटर प्रतिघण्टाबाट बढेर ७३ किलोमिटर पुग्ने आँकलन गरिएको छ । स्कुटरलाई ४ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

सो नयाँ भेरिएन्टमा टिएफटी ड्यास समेत उपलब्ध हुनेछ । जहाँ ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाई–टर्न नेभिगेसन टायर प्रेसर मोनिटरिङ र रिमेट लक÷अनलक लगायत फिचर प्रयोगमा ल्याउन सकिन्छ । यसको डिक्की स्पेस समेत १८ लिटरबाट वढेर २१ लिटर पूग्ने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा एक्सयूभी ४०० ईभीको मूल्य ५२ लाख ५० हजार, बजेट पश्चात औपचारिक जानकारी गराइने

महिन्द्रा एक्सयूभी ४०० ईभीको मूल्य ५२ लाख ५० हजार, बजेट पश्चात औपचारिक जानकारी गराइने

काठमाडौं – महिन्द्राका इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक...

निर्जीवन बीमामा मोटर बीमाको हिस्सा ३० प्रतिशत भन्दा बढी, यस्तो छ अवस्था

निर्जीवन बीमामा मोटर बीमाको हिस्सा ३० प्रतिशत भन्दा बढी, यस्तो छ अवस्था

काठमाडौं – पछिल्लो समय मोटर बीमाको व्यावसायिक आकार बढ्दै गएको छ । कुल...

सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

सन् २०२५ को अप्रिलमा सेरेसले ३१ हजार ४८८ न्यु इनर्जी भेइकल बिक्री गरेर नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...