चेतकको प्रिमियम भेरिएन्ट ल्याउँदै बजाज, फिचर र रेन्ज बढ्ने

काठमाडौं– बजाजले आफ्नो इलेक्ट्रिक स्कुटर चेतकलाई ठूलो ब्याट्री प्याक दिएर ल्याउने भएको छ । ब्याट्रीको साइजसंगै यसमा केही प्रिमियम फिचर समेत थप गर्ने कम्पनीले जनाएको छ ।

चेतकको प्रिमियम भेरिएन्टमा ३.२ किलोवाट आवरको ब्याट्री प्याक जडान हुनेछ । हाल बिक्री हुँदै आएको भेरिएन्टमा २.८८ किलोवाट आवरको ब्याट्री प्याज जडान गरिएको छ, जसले सिंगल चार्जमा १०८ किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ ।

नयाँ भेरिएन्ट प्रिमियमा ठूलो साइजको ब्याट्री जडान हुने हुँदा यसले दिने रेन्ज समेत १२७ किलोमिटर हुने कम्पनीको दावी छ । साथै यसको टप स्पिड समेत ६३ किलोमिटर प्रतिघण्टाबाट बढेर ७३ किलोमिटर पुग्ने आँकलन गरिएको छ । स्कुटरलाई ४ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

सो नयाँ भेरिएन्टमा टिएफटी ड्यास समेत उपलब्ध हुनेछ । जहाँ ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाई–टर्न नेभिगेसन टायर प्रेसर मोनिटरिङ र रिमेट लक÷अनलक लगायत फिचर प्रयोगमा ल्याउन सकिन्छ । यसको डिक्की स्पेस समेत १८ लिटरबाट वढेर २१ लिटर पूग्ने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

टाटा पन्च अब २०२३ मा इलेक्ट्रिक भर्सनमा आउने, सबैभन्दा सस्तो ईभी बन्ने

टाटा पन्च अब २०२३ मा इलेक्ट्रिक भर्सनमा आउने, सबैभन्दा सस्तो ईभी बन्ने

टाटा मोटर्सले टाटा पन्चको इलेक्ट्रिक भर्सन लन्च गर्ने तयारी गरिरहेको छ ।...

८ वर्ष पछि पनि ७० प्रतिशत ब्याट्री लाइफ रहने दावी

८ वर्ष पछि पनि ७० प्रतिशत ब्याट्री लाइफ रहने दावी

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकका सीईओ...

यस्ता छन् सांघाई अटो शो २०२१ मा प्रदर्शित लोभलाग्दा इलेक्ट्रिक कार

यस्ता छन् सांघाई अटो शो २०२१ मा प्रदर्शित लोभलाग्दा इलेक्ट्रिक कार

चीनमा सांघाई अटो शो २०२१ सुरु भइसकेको छ । उक्त शोमा १९ र २० अप्रिल मिडिया डे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...