भृकुटीमण्डपमा बजाजको एक्सचेन्ज कार्निभल, पुरानो बाइकसंग नयाँ अपग्रेड गर्ने मौका
काठमाडौं–बजाजले ग्राहकलाई पुरानो बाइकबाट नयाँ मोटरसाइकलमा अपग्रेड हुने...
बजाजले आफ्नो लोकप्रिय मोडल पल्सर एनएस २०० को सस्तो भेरिएन्ट लन्च गर्ने तयारी थालेको छ । कम्पनीले भारतका बजाज डिलरशिपहरुमा सो नयाँ भेरिएन्ट पठाउन थालिसकेको रिपोर्टमा उल्लेख गरिएको छ ।
यसअघि डुअल च्यानल एबिएस र युएसडी फोर्क जडित एनएस २०० मात्रै उपलब्ध रहेकोमा कम्पनीले सिंगल च्यानल एबिएस र टिलिस्कोपिक फोर्क जडित अर्को सस्तो भेरिएन्ट ल्याउन लागेको हो । फिचर कटौती भएपछि यसको मूल्य समेत सस्तो पर्नेछ । बजाजले हाल एनएस २०० लाई १ लाख ६० हजार भारुमा बिक्री गर्दै आएकोमा नयाँ भेरिएन्ट ३० हजार भारुसम्मले सस्तो पर्न सक्ने अनुमान गरिएको छ ।
नयाँ भेरिएन्टमा एबिएस र सस्पेन्सन बाहेक अन्य फिचर भने यथावतै रहने जनाइएको छ । यस नयाँ भेरिएन्टमा पनि एलसिडी डिस्प्ले, एलईडी लाइट र १९९.५ सिसी क्षमताको लिक्वड कुल्ड ईन्जिन जडान हुनेछ । उक्त इन्जिनले २४.५ एचपी पावर र १८.७४ एनएम टर्क जेनेरेट गर्दछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...