नयाँ मोडल आएपछि बजाजले वन्द गर्यो पल्सर १५० को उत्पादन

बजाजले आफ्नो चर्चित मोटरसाइकल पल्सर १५० को उत्पादन वन्द गर्ने निर्णय लिएको छ । सन् २००१ मा पहिलोपटक लन्च भएको यो मोटरसाइकल बजाजको सर्बाधिक विक्री हुने मोडलमा गनिँदै आएको थियो । २१ वर्षपछि कम्पनीले यसको विकल्पका रुपमा केहि समयअघि मात्र पल्सर पी १५० लाई उतारेर यो पुरानो मोडललाई वन्द गर्ने संकेत भने दिइसकेको थियो ।

बजाजले यो मोटरसाइकलको पावरट्रेन, लुक्स, डिजाइन र फिचर्समा यसअघि कैयन पटक अपडेट गर्दै आएको थियो । जसका कारण पनि यो सेग्मेन्टमै सफल मोडलका रुपमा स्थापित वनिरह्योे । एउटै मोडल २ दशकभन्दा बढी समयसम्म सफल रुपमा बिक्री हुँदै आएपनि विकल्पका रुपमा न्यू एज पल्सर पी १५० आएसंगै कम्पनी यसको उत्पादन वन्द गर्ने निर्णयमा पुगेको हो ।

बजाजले यसअघि पल्सर १८० र पल्सर २२० को समेत उत्पादन वन्द गरिसकेको छ । पुरानो मोडलमा अव पल्सर सिरिजको १२५ मोडलमात्र उपलब्ध हुनेछ । नयाँ डिजाइ थिममा आएका पल्सर एफ २५०, एन २५० र एन १६० सहित पी १५० लगायत मोडलहरुले अव बजारमा स्थान पाउनेछन् ।

पल्सर १५० नेपाली बजारमा समेन निकै नै लोकप्रियता कमाएको मोटरसाइकल हो । यो सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मोटरसाइकलका रुपमा यसले विगत लामो समयदेखी आफ्नो पहिचान कायम गर्दै आइरहेको छ । यसको विकल्पका रुपमा आएको नयाँ मोडल पी १५० भने हालसम्म नेपाल आइसकेको छैन ।

पुरानो मोडलको उत्पादन भारतमा बन्द भएसंगै नेपालका लागी आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले अवको केही समयपछि नयाँ मोडल पी १५० लाई स्वदेशमै एसेम्वल गर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

आजदेखि बजाज चेतक ईभीको “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प”

आजदेखि बजाज चेतक ईभीको “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प”

काठमाडौं – बजाज चेतक नेपालले आफ्नो “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प”...

नयाँ कलरमा आउँदै निन्जा ३०० विएस६, केहि दिनभित्रै लन्च गरिने

नयाँ कलरमा आउँदै निन्जा ३०० विएस६, केहि दिनभित्रै लन्च गरिने

जापनिज टु ह्विलर निर्माता कावासकीले आफ्नो इन्ट्रि लेवल स्पोर्टस् वाइक...

२ करोड बजाज पल्सर बिक्रीको ऐतिहासिक सफलता, विशेष छुटको घोषणा

२ करोड बजाज पल्सर बिक्रीको ऐतिहासिक सफलता, विशेष छुटको घोषणा

बजाज पल्सरले २ करोड युनिट बिक्री गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...