पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल ‘पल्सर एनएस १२५’ नेपालभर उपलब्ध

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न गरेको छ ।

यही भदौ २८ गते बिर्तामोडबाट शुरु भएको यो लन्चिङ कार्यक्रम २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा सांगीतिक कार्यक्रम गर्दै सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

देशका मुख्य शहरहरूमा भएको सो लन्चिङ कार्यक्रममा गायकहरू प्रमोद खरेल, टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीको प्रस्तुति रहेको थियो । यसै गरी नेपाली बजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । आधाको आधामा भनेको मोटरसाइकलको कुल लागतको चार भागको एक भाग रकम जम्मा गरेर फाइनान्स गर्न सकिने हो । त्यस्तै एउटा मोटरसाइकल खरिदमा ७ हजार छुट व्यवस्था गरेको छ ।

पल्सरको एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको एनएस १२५ मा १२४।४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड, २ भल्व इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पिडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइकलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्विल, १२ लिटरको इन्धन ट्यांकी, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लष्टर, एलईडी टेलल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५ मा दिएको छ ।
पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

एनएस १२५ नेपालभर रहेको बजाजको शोरुमबाट बुकिङ गर्न सकिने तथा केही समय पश्चात डेलिभरी पनि शुरु गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

बजाज पल्सर एफ२५० बाइकको अपडेट भर्सन लन्च

बजाज पल्सर एफ२५० बाइकको अपडेट भर्सन लन्च

बजाज अटो इन्डियाले भारतमा २०२४ बजाज पल्सर एफ२५० को अपडेट भर्सन लन्च गरेको छ...

बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिनमा पनी

बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिनमा पनी

बजाज अटोको लोकप्रिय मोटरसाइकल बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिन...

चर्चामा पल्सर एनएस ४०० जेड, यस्तो छ मूल्य र फिचर

चर्चामा पल्सर एनएस ४०० जेड, यस्तो छ मूल्य र फिचर

काठमाडौं– नेपाली बजारमा सर्बाधिक सफल मोटरसाइकलका रुपमा परिचित बजाज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...