बजाजले सार्वजनिक ग-यो पल्सर एफ२५० र एन२५०, यस्तो छ मूल्य र फिचर

भारतीय बजारमा बजाजले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले पल्सर एफ२५० र एन२५० गरी दुई मोडल सार्वजनिक गरेको हो । धेरै पटक परीक्षणमा देखिएका र टिजर समेत सार्वजनिक गरिएका यी दुई मोडल धेरैका लागि प्रतीक्षारत मोटरसाइकल हुन् ।

यी दुई मोटरसाइकल मध्ये एफ२५० सेमी फियर्ड डिजाइनमा रहेको छ भने एन२५० नेकेड स्पोर्ट्स डिजाइनमा रहेको छ । मोटरसाइकलमा एलईडी प्रोजेक्टर हेडल्याम्पका साथ फ्रन्ट र रियरमा क्रमशः ३०० र २३० एमएम डिस्क ब्रेक छ ।

त्यसैगरी टेकोमिटर, डिस्टेन्स टु एम्पटी र गियर पोजिसन इन्डिकेटर देखाउने नयाँ इन्फिनिटी इन्स्ट्रयुमेन्ट क्लस्टर छ । स्लिपर क्लचयुक्त यो मोटरसाइकल टेक्नो ग्रे र रेसिङ रेड गरी दुई कलरमा उपलब्ध हुनेछ ।

यी दुवै मोटरसाइकलमा बीएस६ मापदण्डयुक्त २५० सीसी सिंगल सिलिन्डर आयलकुल्ड इन्जिन जडान गरिएको छ, जसले २४. ५ पीएस पावर र २१.५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा फाइभ स्पिड गियरबक्स जडान गरिएको छ ।

पल्सर एफ२५० को मूल्य १ लाख ४० हजार र एन२५० को १ लाख ३८ हजार भारु तोकिएको छ । विभिन्न कारणले करिव ३ वर्ष पश्चात मात्र पल्सर सार्वजनिक गरिएको र यसले एउटा नयाँ बेन्चमार्क स्थापना गर्ने राजीव बजाजले बताएका छन् ।

सम्बन्धित समाचारहरू

फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च

फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च

बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटरको नयाँ...

अपडेट भएर आयो चेतक स्कुटर, गुगल म्याप र अन्य सुविधा थप

अपडेट भएर आयो चेतक स्कुटर, गुगल म्याप र अन्य सुविधा थप

बजाज अटोले चेतक स्कुटरलाई नयाँ सुविधा र उच्च गतिको साथ अपडेट गरेको छ ।...

ट्रायम्फको नयाँ ३५० सीसी मोटरसाइकल आउने, रोयल इन्फिल्ड र होन्डासँग प्रतिस्पर्धा हुने

ट्रायम्फको नयाँ ३५० सीसी मोटरसाइकल आउने, रोयल इन्फिल्ड र होन्डासँग प्रतिस्पर्धा हुने

ट्रायम्फ मोटरसाइकल र बजाज अटोले संयुक्त रूपमा भारतमा नयाँ ३५० सीसी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...