अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू
काठमाडौं – सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि चार नयाँ...
भारतीय बजारमा बजाजले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले पल्सर एफ२५० र एन२५० गरी दुई मोडल सार्वजनिक गरेको हो । धेरै पटक परीक्षणमा देखिएका र टिजर समेत सार्वजनिक गरिएका यी दुई मोडल धेरैका लागि प्रतीक्षारत मोटरसाइकल हुन् ।
यी दुई मोटरसाइकल मध्ये एफ२५० सेमी फियर्ड डिजाइनमा रहेको छ भने एन२५० नेकेड स्पोर्ट्स डिजाइनमा रहेको छ । मोटरसाइकलमा एलईडी प्रोजेक्टर हेडल्याम्पका साथ फ्रन्ट र रियरमा क्रमशः ३०० र २३० एमएम डिस्क ब्रेक छ ।
त्यसैगरी टेकोमिटर, डिस्टेन्स टु एम्पटी र गियर पोजिसन इन्डिकेटर देखाउने नयाँ इन्फिनिटी इन्स्ट्रयुमेन्ट क्लस्टर छ । स्लिपर क्लचयुक्त यो मोटरसाइकल टेक्नो ग्रे र रेसिङ रेड गरी दुई कलरमा उपलब्ध हुनेछ ।
यी दुवै मोटरसाइकलमा बीएस६ मापदण्डयुक्त २५० सीसी सिंगल सिलिन्डर आयलकुल्ड इन्जिन जडान गरिएको छ, जसले २४. ५ पीएस पावर र २१.५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा फाइभ स्पिड गियरबक्स जडान गरिएको छ ।
पल्सर एफ२५० को मूल्य १ लाख ४० हजार र एन२५० को १ लाख ३८ हजार भारु तोकिएको छ । विभिन्न कारणले करिव ३ वर्ष पश्चात मात्र पल्सर सार्वजनिक गरिएको र यसले एउटा नयाँ बेन्चमार्क स्थापना गर्ने राजीव बजाजले बताएका छन् ।
काठमाडौं – सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि चार नयाँ...
काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज...
काठमाडौं – बजाज डोमिनार ४०० नेपालमा मात्र नभएर भारतमा समेत धेरैले रुचाउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...