बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टु ह्विलर निर्माता कम्पनी बजाज अटोको सबैभन्दा चर्चित बाइक पल्सर बाइक हो । जसको कारणले गर्दा कम्पनीले पल्सरको नाममा विभिन्न इन्जिन क्षमताको बाइक उत्पादन गरेको छ । कम्पनीको लोकप्रिय बाइक पल्सर २२०एफ बाइक हो । सो बाइकलाई सानदार बनाउनको लागि नयाँ परिमार्जन गरिएको छ ।
कम्पनीले पल्सर २२०एफको इन्स्ट्रयुमेन्ट क्लस्टरमा परिवर्तन गरेको छ । यद्यपि सो बाइकको कन्सोल पुरानो मोडलको जस्तो हुनेछ । सो बाइकमा नयाँ ग्राफिक्स समावेश गरिनेछ । यसको इन्डिकेटर मिटर इन्स्ट्रयुमेन्ट कन्सोलको तल समावेश गरिएको छ । जबकि ट्रिप र ओडोमिटर दायाँ साइडमा जडान गरिएको छ । नयाँ पल्सर २२०एफ मा फ्युल इकोनोमी इन्डिकेटर उपलब्ध रहेको छ ।
नयाँ पल्सर २२०एफ को ड्यासबोर्डमा कार्बन फाइबरले फिनिसिङ गरेको छ । जसले बाइकको लुक स्पोर्टी र स्टाइलिस बनाएको छ । यी बाहेक यसमा अन्य केही परिवर्तन गरिएको छैन ।
बाइकमा पुरानो मोडलमा जस्तै २२०सीसीको सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन समावेश गरिएको छ । जसले २०.४ पीएसको पावर र १८.५५ एनएमको टर्क जेनेरेट गर्छ ।
सो बाइकको पावरट्रेन पहिलाको फ्युल इन्जेक्टर र ट्विन स्पार्क प्लगको साथमा परिवर्तन गरिएको छ । पल्सर २२० एफमा ५ स्पिड ट्रान्समिसन गियरबक्स समावेश गरिएको छ । यसको साथै बाइकमा ५ स्पोक अलोय ह्विल, प्रोजेक्टर हेडल्याम्प, एलईडी टेलल्याम्प, स्पोर्टी स्पलिट सिट, ट्युबलेस टायर र रियर ग्रयाब रेल्स समावेश गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...