केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद
बजाज अटोले केटीएममा पूर्ण नियन्त्रण कायम गरेको छ । कम्पनीले अस्ट्रियाली...
बजाजले अन्ततः लामो समयको परीक्षण पछि पल्सर एन१६० लाई १ लाख २३ हजार भारुमा लन्च गरेको छ । यो नयाँ पल्सर सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा उपलब्ध छ । ड्युअल च्यानल एबीएसको मूल्य १ लाख २८ हजार भारु तोकिएको छ । सो बाइकले यामाहा एफजेड, टीभीएस अपाचे आरटीआर १६० फोरभी र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गर्नेछ ।
नयाँ पल्सर एन१६० को डिजाइन ठूलो पल्सर एन२५० सँग मिल्दोजुल्दो छ । नयाँ मोडलको सिंगल एलईडी प्रोजेक्टर हेडल्याम्प, दुबै साइडमा स्लिम एलईडी डेटाइम रनिङ ल्याम्प, फ्युल ट्याङ्की, ट्याङ्कीको बनावट, स्प्लिट सिट, अलोय ह्विल र टेल लाइट पल्सर एन२५० बाट लिइएको छ ।
पल्सर एन१६० बाइकको सिंगल च्यानल एबीएस भर्सन क्यारिबियन ब्लु, रेसिङ रेड र टेक्नो ग्रे विकल्प उपलब्ध छ जबकि ड्युअल च्यानल एबीएस भर्सनमा ब्रुकलिन ब्ल्याक शेडमा मात्र उपलब्ध छ ।
पल्सर एन१६० मा यूएसबी चार्जिङ पोर्ट, १४ लिटर फ्युल ट्याङ्की र डिजी एनालग इन्स्ट्रयुमेन्ट क्लस्टरले सुसज्जित छ जसले गियर स्थिति, घडी, इन्धन खपत र रेन्ज देखाउँछ ।
नयाँ बजाज पल्सर एन१६०मा पहिले जस्तै १६४.८३ सीसी, आयल कुल्ड, ट्विन स्पार्क बीएस६ डीटीएस–आई एफआई इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले ८७५० आरपीएममा १६ बीएचपीको अधिकतम पावर र ६७५० आरपीएममा १४.६५ एनएमको अधिकतम टर्क जेनेरेट गर्न सक्षम छ । यो इन्जिनमा ५ स्पिड गियरबक्स प्रयोग गरिएको छ ।
बाइकको फ्रन्टमा ३७ एमएम टेलिस्कोपिक फोर्क र रियरमा मोनोशक प्रयोग गरिएको छ । बाइकको फ्रन्टमा १००/८०–१७ इन्चको टायर र रियरमा १३०/७०–१७ इन्चको टायर जडान गरिएको छ । ब्रेकिङको लागि ड्युअल च्यानल एबीएसमा ३०० एमएम फ्रन्ट डिक्स ब्रेक र सिंगल च्यानल एबीएसमा २८० एमएम डिक्स ब्रेक दिइएको छ । सिंगल च्यानल एबीएसको तौल १५२ केजी र ड्युअल च्यानल एबीएसको तौल १५४ केजी छ ।
बजाज अटोले केटीएममा पूर्ण नियन्त्रण कायम गरेको छ । कम्पनीले अस्ट्रियाली...
लालबन्दी – सर्लाहीकाे लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने...
काठमाडौं – नेपाली बजारमा पल्सर एनएस एनएस १६० र एनएस २०० बीएस६ भर्सनको बुकिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...