बर्दियाको गुलरियामा खुल्यो बजाजको नयाँ शोरुम

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गुलरिया, बर्दियामा सम्पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘ग्लोबल अटोमोटिभ्स प्रालि’ को उद्घाटन गरेको छ ।

नेपालमा सबभैन्दा अधिक बिक्री हुने र विश्वासिलोे दाबी गरिएको अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर पार्ट्स देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम संचालनमा ल्याएको बताएको छ । सो उद्देश्यलाई सार्थक बनाउन ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदिप जोशीलाई डिलरसिप प्रदान गरिएको बताइएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटोसुविधा पुर्याउने प्रयास गरिरहको बताएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले गुलरियामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रशन्न भएको बताउदै बजाजका ग्राहकहरु निरन्तर वृद्धि भइरहेको र ग्राहकलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु कम्प्नीको जिम्मेवारी भएको बताए ।

सम्बन्धित समाचारहरू

अत्यधिक मागका कारण फेरि लन्च हुने भयो पल्सर २२०एफ

अत्यधिक मागका कारण फेरि लन्च हुने भयो पल्सर २२०एफ

उत्पादन नै बन्द हुने हल्ला चलेको पल्सर २२०एफ ग्राहकको अत्यधिक मागका कारण...

अब बजाज ग्रान्ड एक्सचेन्ज मेला विर्तामाेडमा, नागरिकताकै आधारमा बाइक लिन सकिने

अब बजाज ग्रान्ड एक्सचेन्ज मेला विर्तामाेडमा, नागरिकताकै आधारमा बाइक लिन सकिने

विर्तामोड – बजाज मोटरसाइकलको विर्तामोडका लागि आधिकारिक बिक्रेता...

बजाज पल्सर एफ२५० बाइकको अपडेट भर्सन लन्च

बजाज पल्सर एफ२५० बाइकको अपडेट भर्सन लन्च

बजाज अटो इन्डियाले भारतमा २०२४ बजाज पल्सर एफ२५० को अपडेट भर्सन लन्च गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...