नयाँ पल्सर २२० एफको बुकिङ खुला, के–के छन् विशेषता
काठमाडौं–बजाजको सर्बाधिक लोकप्रिय मोडल पल्सर २२० एफको नयाँ भर्सन छिट्टै...
टु–ह्विल निर्माता कम्पनी बजाजले नयाँ बाइक लन्च गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले नयाँ जेनेरेशनको पल्सर एन१६० बजारमा ल्याउने सम्भावना छ । केही साताभित्र यसको घोषणा हुने विश्वास गरिएको छ । सो बाइकको परीक्षण भइरहेको छ ।
कम्पनीले नयाँ पल्सरको टिजर सार्वजनिक गरेको छ, जसमा यो मोडल दोस्रो मोडलको रूपमा आउने स्पष्ट देखिन्छ । कम्पनीले ‘ग्रहण हेर्नका लागि तयार रहनुस्’ भन्ने ट्यागलाइनको साथ चन्द्रमाको तस्विर शेयर गरेको छ ।
यसमा प्रयोग गरिएको इक्ल्प्सि, पल्सर २५० आदि ह्यासट्यागका आधारमा नयाँ बाइक पल्सर २५० को कुनै भर्सन हुने वा इक्ल्प्सि नाममै आउने हो कि भन्ने अनुमान पनि गरिएको छ । त्यसैगरी पहिले उपलब्ध पल्सर २५० कुनै नयाँ कलरमा आउने हो कि पनि भनिएको छ । यद्यपि कम्पनीले आधिकारिक रुपमा यसको वारेमा अझै केही जानकारी नदिएकोले अझै अन्यौल भने छ ।
पल्सर एन१६० को परीक्षण भइरहेकाले बजाजले सानो मोडलको रुपमा यही बाइक ल्याउन लागेको अनुमान पनि गरिएको छ । नयाँ बाइकको डिजाइनको बारेमा कुरा गर्दा पल्सर एन१६० पल्सर एन२५० को तुलनामा धेरै मिल्दोजुल्दो स्टाइलिङ मोडल हुन सक्छ । यद्यपि, यसमा सानो इन्जिन साइज र २५० को साइड–स्लङ्ग एन्ड–क्यानको विपरीत एक अण्डरबेली एक्जस्ट युनिट प्रयोग गरिने छ ।
नयाँ बाइकमा पल्सर एनएस१६० मा जस्तै इन्जिन हुनेछ । यद्यपि कम्पनीले अधिक पावर र टर्कको लागि पावरट्रेन परिवर्तन गर्न सक्छ । यसमा एनएस१६०–सोर्स १६०.२ सीसी मोटर हुने सम्भावना छ, जसले ९००० आरपीएममा १७.२ पीएसको पावर र ७२५० आरपीएममा १४.६ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनलाई ५ स्पिड ट्रान्समिसनमा जोड्न सकिन्छ ।
काठमाडौं–बजाजको सर्बाधिक लोकप्रिय मोडल पल्सर २२० एफको नयाँ भर्सन छिट्टै...
बजाजले आफ्नो प्रिमियम मोटरसाइकल ट्रायम्फ स्पिडलाई ३५० सिसी इन्जिनमा समेत...
सरकारले स्वेदशमै सवारी साधन एसेम्बल गर्न प्रोत्साहन गर्दै आइरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...