बजाज खुशीको तीन डोजको विजेता घोषणा, गुप्ताले पाए १० लाख नगद

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘बजाज खुशीको ३ डोज’ को विजेता घोषणा गरेको छ । नेपालीहरुको महान चाड बडादसैंँ, तिहार र छठको अवसरमा शुरु गरिएको ‘खुशीको ३ डोज’ को विजेता बन्न सफल भई लालबन्दीका बिट्टु कुमार गुप्ताले १० लाख रुपैयाँ हात पार्न सफल भएका छन् । गुप्ताले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए ।

यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार सम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पनि थियो । त्यसबाहेक उपभोक्ताहरुले मोटरसाइकलको खरिद गर्ने बेलामा १ लाख सम्मको नगद छुट प्राप्त गर्ने अवसर पनि थियो र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख सम्मको नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो ।

आफू विजेता बनेको खुशी व्यक्त गर्दै गुप्ताले यस्तो योजना सञ्चालन गरेकोमा धन्यवाद समेत दिएका छन् ।

श्री शेखर गोल्छा, हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले खुशीका तीन डोजमा सहभागी सम्पूर्ण उपभोक्ताहरुलाई हार्दिक धन्यवाद र विजेताहरुलाई हार्दिक बधाई दिएका छन् । आफूहरुले सँधै ग्राहकवर्गको लागि उपयुक्त हुने योजना र अफरहरु ल्याइरहेको बताउदै यो योजनामा उत्साहजनक सहभागिताको लागि सबैलाई उनले आभार प्रकट गरेका छन् ।

सम्बन्धित समाचारहरू

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री शुरु

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री शुरु

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज...

बजाजले चेतक इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण लन्च गर्दै

बजाजले चेतक इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण लन्च गर्दै

बजाज अटोले डिसेम्बर २० मा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको अपडेटेड...

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

काठमाडौं – बजाज बाइक किन्न चाहनेहरुका लागि अब झनै सजिलो हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...