भृकुटीमण्डपमा बजाजको एक्सचेन्ज कार्निभल, पुरानो बाइकसंग नयाँ अपग्रेड गर्ने मौका
काठमाडौं–बजाजले ग्राहकलाई पुरानो बाइकबाट नयाँ मोटरसाइकलमा अपग्रेड हुने...
काठमाडौं - नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले राजविराजको रुपनीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ ।
जुनसुकै मोडल र जुनसुकै ब्रान्डकाे माेटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा–साटको आकर्षक योजना यही जेठ ११ गतेदेखि शुरू गर्दैछ । यो योजना जेठ १६ गतेसम्म चल्नेछ ।
राजविराजको रुपनी रोड (नेपाल टेलिकमको टावर नजिकै) आयोजना हुने सो मेलामा ग्राहकहरूले मात्र नेपाली नागरिकताको आधारमा बजाजका बाइकहरु फाइनान्स गर्न सक्नेछन् । शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
झण्डै ७० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस योजनाअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु तत्काल उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।
ग्राहकहरूलाई अझ राम्रो सेवा दिने उद्देश्यले यो योजना नेपालभर लागु गरिएको र ग्राहकको माग अनुरुप राजविराजको रुपनी रोडमा पनि केवल नागरिकताको आधारमा जुनसुकै ब्रान्डकाे मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा–साटको आकर्षक योजना ल्याइएको हंसराज हुलास चन्द एन्ड कम्पनीका मार्केटिङ हेड अमितराज चालिसेले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...