विर्तामोडमा चल्दै बजाज ग्रान्ड एक्सचेन्ज मेला, थपियाे समय

बजाज मोटरसाइकलको विर्तामोडका लागि आधिकारिक बिक्रेता मेची पावर मोबाइल ट्रेडले पहिलो पटक विर्तामोडमा आयाेजना गरेकाे ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’ मा दर्शककाे उत्साह देखिएकाे छ ।

जेठ ४ देखि ९ गतेसम्मका लागि विर्तामोडको वान स्टप मल अगाडि (खड्का कम्प्लेक्स सँगैको खालीजग्गामा) आयोजित साे मेलामा ग्राहकहरूले नागरिकताकै आधारमा बजाजका बाइकहरु फाइनान्स गर्न सक्नेछन् । ग्राहककाे मागका कारण साे मेला थप दुई दिन गरि आगामी आइतबार सम्म चल्ने आयाेजककाे भनाइ छ ।

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

मेचीपावर मोबाइल ट्रेडका निर्देशक मनोज वंशलको दाबीअनुसार विर्तामोडमा नै पहिलो पटक आयाेजित यस एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आएका छन् । अनुभबी भ्यालुएटरहरूले पुरानो बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँसम्मको बोनस प्रदान गरिने कम्पनीको भनाइ छ ।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रियालााई यो योजनाले पूर्ण रूपमा हटाएको र किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत यो सुविधा पाउनेछन् ।

सम्बन्धित समाचारहरू

पल्सर एफ २५० को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

पल्सर एफ २५० को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

बजाजले भारतमा पल्सर एफ २५० को २०२४ संस्करण सार्वजनिक गरेको छ । बाइकको मूल्य...

बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

काठमाडौं – बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स...

बजाजको नयाँ वर्ष अफर, बाइक किन्दा १ लाख जित्ने अवसर

बजाजको नयाँ वर्ष अफर, बाइक किन्दा १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...