धनुषामा बजाज ग्रान्ड एक्सचेन्ज मेला हुने, नागरिकताकै आधारमा बाइक पाइने

धनुषा - धनुषामा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । साउन ७ गतेदेखि १२ गतेसम्म धनुषाधामको धनुष मन्दिर अगाडि हुने मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

धनुषाधाममा हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउँने छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन ।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यो सुविधा पाउने समेत बताइएको छ ।

धनुष मन्दिर अगाडि आयोजना हुने बजाज ग्रान्ड एक्सचेन्ज मेला बजाजकाे नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सक्ने बजाज धनुषाका सञ्चालक नविनकुमार यादवले जानकारीले दिए ।

सम्बन्धित समाचारहरू

सफारीमय बन्यो बजाजको अफर : नयाँ मोटरसाइकल किन्दा आकर्षक सफारी अफर पाइने

सफारीमय बन्यो बजाजको अफर : नयाँ मोटरसाइकल किन्दा आकर्षक सफारी अफर पाइने

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द...

आउने भयो अहिलेसम्मको सबैभन्दा ठूलो बजाज पल्सर

आउने भयो अहिलेसम्मको सबैभन्दा ठूलो बजाज पल्सर

बजाज अटो बजाज पल्सर २५० बाइक लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले...

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं – बजाज नेपालले Wheels of Memory फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...