नेपाल भित्रियो एबीएस सहितको बजाज डोमिनार २५०, मूल्य ४ लाख ८६ हजार

काठमाडौं – बजाजको बहुप्रतीक्षित बाइक डोमिनार नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक आगामी पुस २६ देखि बिक्री प्रारम्भ गरिने बताएको छ ।

नेपाली बजारमा पहिले देखि नै डोमिनार ४०० बाइक उपलब्ध छ । डोमिनार २५० मा धेरै फिचरहरु डोमिनार ४०० जस्तै रहेको छ । यसमा फुल एलईडी लाइटिङ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्प्लिट सिट र ट्विन पोड एक्जस्ट जस्ता फिचर उपलब्ध छन् ।

सस्पेन्सनका लागि बाइकमा ३७ एमएम अपसाइड डाउन फ्रन्ट फोर्क्स र ब्याकमा प्रि–लोड एड्जस्टेबल मोनोसक दिइएको छ । बजाज डोमिनार २५० लाई आफ्नो सेगमेन्टमा मोस्ट भ्यालु फर मनी प्रोडक्ट मानिन्छ ।

यो बाइकमा १३ लिटरको इन्धन ट्यांकी छ । दुवै ह्विलमा डिस्क ब्रेक छ भने सुरक्षाका लागि यसमा ड्युअल च्यानल एबीएस छ । बाइकमा बीएस६ कम्प्लायन्ट २४८.७७ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन छ । सो इन्जिनले २६.६ बीएचपी पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ ।

बजाज डोमिनार २५० को मूल्य नेपाली बजारमा ४ लाख ८५ हजार ९ सय रुपैयाँ हुने कम्पनी स्रोतको भनाइ छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...