बजेटको असर : बजाज डोमिनार २५० मा एकै पटक बढ्यो ४७ हजार मूल्य

काठमाडौं – नेपाली बजारमा बजाज डोमिनार २५० को मूल्य एकैपटक ४७ हजार रुपैयाँले बढेको छ । पहिले यसको मूल्य ५ लाख २० हजार ९ सय रुपैयाँ भएकोमा आज देखि यसको मूल्य ५ लाख ६७ हजार ९ सय रुपैयाँ पुगेको हो ।

नेपालमा बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले वेबसाइटमा नयाँ मूल्य सूचीकृत गरेको छ । यस अनुसार यो बाइकको मूल्यमा यति धेरै वृद्धि गरिएको हो ।

सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत २०० सीसी भन्दा बढीको मोटरसाइकलको करमा वृद्धि गरेको थियो । यस अनुसार बजाजका अन्य बाइकको मूल्यमा समेत वृद्धि गरिएको छ ।

यस अनुसार बजाज पल्सर २२०एफको मूल्यमा ७ हजार रुपैयाँले वृद्धि भई ३ लाख ७४ हजार ९ सय रुपैयाँ पुगेको छ भने डोमिनार ४०० को मूल्य १६ हजार रुपैयाँले वृद्धि भई ६ लाख २४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा उपलब्ध बजाज बाइक र तिनको मुल्य सूची यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

ट्रायम्फको नयाँ ३५० सीसी मोटरसाइकल आउने, रोयल इन्फिल्ड र होन्डासँग प्रतिस्पर्धा हुने

ट्रायम्फको नयाँ ३५० सीसी मोटरसाइकल आउने, रोयल इन्फिल्ड र होन्डासँग प्रतिस्पर्धा हुने

ट्रायम्फ मोटरसाइकल र बजाज अटोले संयुक्त रूपमा भारतमा नयाँ ३५० सीसी...

बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिनमा पनी

बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिनमा पनी

बजाज अटोको लोकप्रिय मोटरसाइकल बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिन...

पटक पटक बढेको मूल्यमा फेरि पनि बढ्यो बजाज मोटरसाइकलको मूल्य : ४ हजार देखि १६ हजार सम्म

पटक पटक बढेको मूल्यमा फेरि पनि बढ्यो बजाज मोटरसाइकलको मूल्य : ४ हजार देखि १६ हजार सम्म

काठमाडौं – पटक पटक बढिरहेको बजाज मोटरसाइकलको मूल्य फेरि बढेको छ । नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...