बजाज डोमिनार २५० अब ग्रिन र ग्लस ब्ल्याक सेडमा

बजाज डोमिनार ४०० मा भए जस्तै ग्रिन कलर सेड अब डोमिनार २५० मा पनि उपलब्ध हुने भएको छ । बजाज डोमिनार अब ग्रिन र ग्लस ब्ल्याक सेडमा भारतीय डिलरसिपमा पुग्न थालेका छन् ।

बजाजले आधिकारिक रुपमा घोषणा नगरे पनि भारतीय सञ्चार माध्यमहरुले यो जानकारी दिइरहेका छन् । पहिले यो बाइक रेड र म्याट ग्रे सेडमा मात्र उपलब्ध थियो ।

नयाँ कलर स्किमका साथ बजाज डोमिनार २५० अझै आकर्षक देखिएको छ । यो बाइकमा २४८.८ सीसीको डीओएचसी फ्युल इन्जेक्टेड लिक्विडकुल्ड इन्जिन छ, जसले २७ बीएचपी पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ ।

डोमिनार २५० मा १३२ किमि प्रतिघन्टासम्मको स्पिड छ भने यो १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघन्टाको स्पिडसम्म कुद्न सक्ने कम्पनीले बताएको छ ।

चालकको आरामका लागि बजाज डोमिनार २५० बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । लामो दूरीको यात्रामा गियरलाई सुरक्षित राख्ने काम सिटमुनि बन्जी स्ट्राप्सले गर्छ भने सस्पेन्सन ड्युटीका लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम ह्विल स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनोसक छ ।

नेपाली बजारमा उपलब्ध बजाज डोमिनार २५० को मूल्य ५ लाख ३ हजार ९ सय रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

भ्वाइस अफ नेपाल सिजन ४ फिनाले आज : कसले जित्ला पल्सर एन १६०

भ्वाइस अफ नेपाल सिजन ४ फिनाले आज : कसले जित्ला पल्सर एन १६०

काठमाडौं – गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन – ४ को ग्रान्ड फिनाले...

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

फेस्टिभल सिजनको सुरुवात भएसँगै अहिले विभिन्न कम्पनीहरुले धमाधम स्किम तथा...

पल्सर एनएस १२५ नेपाल आउने, २ लाख ८० हजार मूल्य तोकेर खुल्यो वुकिङ

पल्सर एनएस १२५ नेपाल आउने, २ लाख ८० हजार मूल्य तोकेर खुल्यो वुकिङ

पल्सर सिरिजको सवैभन्दा सानो मोटरसाइकल एनएस १२५ नेपाल आउने भएको छ । बजाज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...