बजाजले दर्ता ग-यो डार्कस्टार ब्रान्ड नेम : आउला पल्सरमा आधारित एड्भेन्चर बाइक ?

भारतीय दुई पांग्रे सवारी साधन निर्माता कम्पनी बजाजले हालै ‘डार्कस्टार’ ब्रान्डका लागि पेटेन्ट दर्ता गरेको छ । गत सेप्टेम्बर ५ मा दर्ता गरिएको सो पेटेन्ट अझै औपचारिक रुपमा स्वीकृत भने हुन बाँकी छ ।

यद्यपि इन्टरनेटमा आइरहने विभिन्न अनुमानका आधारमा बजाजले आगामी दिनमा एड्भेन्चर सेगमेन्टको नयाँ मोटरसाइकल बजारमा ल्याउने र यसका लागि डार्कस्टार ब्रान्ड नेम दर्ता गरेको हुन सक्ने अनुमान गरिएको छ ।

दर्ता गरिएको विवरण अनुसार डार्कस्टार नेम चाहिं बजाजले स्कुटर, मोटरसाइकल, थ्री ह्विलर, इलेक्ट्रिक भेइकल वा कम्पोनेन्टका लागि समेत हुन सक्ने बताइएको छ । यद्यपि धेरैको बलियो अनुमान के छ भने बढ्दो ट्रेन्डमा रहेको एड्भेन्चर मोटरसाइकल सेगमेन्टमा प्रवेश गर्ने बजाजको योजना अनुसार यो ब्रान्ड नेम दर्ता गरिएको हुन सक्छ ।

बजाजले पल्सर २५० प्लेटफर्ममा आधारित क्वार्टर–लिटर एड्भेन्चर मोटरसाइकल लन्च गर्ने विश्वास गरिएको छ । गत वर्ष भारतमा बजाजले नेकेड स्ट्रिट फाइटर पल्सर एन२५० र सेमी फेयर्ड एफ२५० लन्च गरेको थियो । अब बजाजले आगामी दिनमा लन्च गर्ने बजाज डार्कस्टार क्वार्टर–लिटर एड्भेन्चर मोटरसाइकल होला वा अरु केही ? यो भने भविष्यमा थाहा हुँदै जानेछ ।

बजाजले यो भन्दा पहिले पनि दुई पांग्रे सवारीका लागि भनेर डाइनामो, ब्लेड, ट्विनर, पल्सर इलान र पल्सर एलिगेन्ज आदि ब्रान्ड नेमका लागि पेटेन्ट लिइसकेको छ, जुन अझै प्रयोगमा आउन बाँकी छ ।

सम्बन्धित समाचारहरू

पल्सर १५० किन्दा रोशनले जिते १० लाख पुरस्कार

पल्सर १५० किन्दा रोशनले जिते १० लाख पुरस्कार

काठमाडौ – माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल,...

अब बजाजको पहिलो इलेक्ट्रिक स्कुटर पनि नेपालमा, मूल्य कति ?

अब बजाजको पहिलो इलेक्ट्रिक स्कुटर पनि नेपालमा, मूल्य कति ?

काठमाडौं – बजाजको पहिलो इलेक्ट्रिक स्कुटर चेतक ३५०१ नेपालमा औपचारिक रुपमा...

राइडरको रोजाइमा बजाज पल्सर एन १६० : यसरी लिन सकिन्छ यो मोटरसाइकल

राइडरको रोजाइमा बजाज पल्सर एन १६० : यसरी लिन सकिन्छ यो मोटरसाइकल

नेपाली बजारमा उपलब्ध बजाजका मोटरसाइकल मध्ये पछिल्लो समयमा धेरैले रुचाउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...