पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन

पोखरा – नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरताा दिदै पोखराको नयाँबजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ।

बिहीबार आयोजित उद्घाटन समारोहसँगै सञ्चालनमा आएको यो नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपांग्रे सवारीको अनुभव पु-याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा रहेको कम्पनीको भनाइ छ।

उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधिहरू तथा नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका व्यवस्थापन टोलीको उपिस्थति रहेको थियो।

आधुनिक ईभी प्रयोगकर्ताको बदालँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक–केन्द्रित सेवाहरूलाई समेटिएको बताइएको छ। उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्श देखि चेतक ईभीका लागि विशेष सेवा सुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको छ।

शोरुममा आउने ग्राहकहरूले डिजिटल प्रोडक्ट डिस्प्ले मार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित ईभी विज्ञहरूमार्फत विद्युतीय सवारी, चर्जिङ समाधान तथा स्मार्ट फिचर सम्बन्धी परामर्श पनि प्राप्त गर्न सक्नेछन्।

चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिबिम्बित गर्ने गरी निर्माण गरिएको उक्त शोरुममा आधुनिक इन्टेरियर तथा इन्टरएिक्टभ टचपोइन्टहरू समावेश गरिएको छ, जसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...