१२५ सिसी सेग्मेन्टमा निरन्तर बजार गुमाउँदै हिरो, पल्सर १२५ ले पनि उछिन्यो

१२५ सिसी सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मोटरसाइकलको पहिचान बनाएको हिरोले पछिल्लो समय यो सेग्मेन्टमा आफ्नो हिस्सा गुमाउँदै गएको छ । केही वर्षअघि सम्म हिरोको कुल बिक्रीमा सुपर स्प्लेन्डर र ग्ल्यामर मोटरसाइकलको योगदान निकै उच्च थियो । तर विगत केही समययता भारतमा हिरोको उक्त बर्चश्वलाई होन्डा साइनले तोडेपछि यो सेग्मेन्टमा हिरो दोस्रो स्थानमा रहँदै आएको थियो ।

पछिल्लो समय हिरोले हाँसिल गरेको उक्त स्थानलाई बजाज पल्सर १२५ ले उछिनेको छ भने टीभीएस रेडरको बिक्रीमा आएको उल्लेख्य सुधारका कारण उसको स्थान अझै खस्किने पक्कापक्कि जस्तै छ । भारतमा अप्रिलदेखी सेप्टेम्वरसम्म बिक्री भएको यो सेग्मेन्टको बिक्री दरलाई आधार मान्दा हिरोको स्थान छिट्टै टिभीएस रेडरले लिने देखिएको हो ।

यो वर्षको ६ महिनामा होन्डाले ६ लाख ५ हजार बढी साईन मोटरसाइकल बिक्री गर्दा बजाजले ४ लाख १७ हजार बढी पल्सर १२५ बिक्री गरेको छ । यसैगरी तेस्रो स्थानमा झरेको हिरोले सुपर स्प्लेन्डर र ग्ल्यामर गरी कुल ३ लाख १७ हजार युनिट मात्र मोटरसाइकल बिक्री गरेको छ । उसलाई पछ्याउँदै गएको टिभिएसले सो अवधिमा कुल २ लाख २८ हजार रेडर बिक्री गर्न सफल भएको छ ।

गत बर्षको सोही अवधीको तुलनमा बिक्री कम भएपनि फराकिलो अन्तरका साथ होन्डा यो सेग्मेन्टमा पहिलो वनेको छ । होन्डाले गत बर्षको सोही अवधीमा ७ लाख ३१ हजार साइन बिक्री गरेको थियो । यसैगरी गत बर्ष ३ लाख ४४ हजार पल्सर १२५ बिक्री गरेको बजाजको बिक्रीमा सुधार आउँदा ३ लाख ५४ हजार सुपर स्प्लेन्डर र ग्ल्यामर बिक्री गरेको हिरो तेस्रो स्थानमा झरेको हो ।

गतबर्षको सोही अवधीमा जम्मा ७३ हजार ५०० युनिट मात्र रेडर बिक्री गरेको टीभीएसले भने यसवर्षको ६ महिनामा तीन गुना बढीले बिक्री बढाएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ कलर थिममा पल्सर एन २५० र एफ २५०

नयाँ कलर थिममा पल्सर एन २५० र एफ २५०

बजाजले पल्सर एन २५० र एफ २५० लाई नयाँ कलर थिममा सार्वजनिक गरेको छ । यो नयाँ...

बजाज डोमिनार ४०० : एकैपटक ७० हजार मूल्य घटाएर फेरि उत्तिकै मूल्य पु-याइएको बाइक

बजाज डोमिनार ४०० : एकैपटक ७० हजार मूल्य घटाएर फेरि उत्तिकै मूल्य पु-याइएको बाइक

काठमाडौं – बजाज डोमिनार ४०० नेपालमा मात्र नभएर भारतमा समेत धेरैले रुचाउने...

हिरो एक्सपल्स २०० फोरभी सोल्ड आउट : अब बुकिङ गर्नेले पाउनेमा अन्यौल

हिरो एक्सपल्स २०० फोरभी सोल्ड आउट : अब बुकिङ गर्नेले पाउनेमा अन्यौल

काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध हिरो एक्सपल्स २०० फोरभीको सबै युनिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...