यस्तो हुनेछ आर१५ भी४, स्पाई सट पश्चात आयो डिजाइन रेन्डरिङ
भारतको गाजियाबादस्थित बजाजको फ्याक्ट्री नजिकै परीक्षण गरिरहेको अवस्थामा...
नेपाली अटोमोबाइल क्षेत्रका परिचित व्यक्तित्व तथा मोटो भ्लगर अवाशिष ओझाले काठमाडौ देखि विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मोटरेबल सड़क नजिक लद्दाखको यात्रा पुरा गरेका छन् ।
सो चुनौतीपूर्ण यात्रा उनले यामाहा एरोक्स १५५ स्कुटरमा सवार भएर गरेका थिए । सो यात्रा पुरा गरे पश्चात एक कार्यक्रमका बिच त्यसको वारेमा जानकारी प्रदान गरिएको छ ।
अवाशिष ओझाले १५ दिनको अवधिमा करिव ५००० किलोमिटरको यात्रा कायम गरेका छन् । एक्लै यात्रा गरेका ओझाले यसबाट आफ्नो यात्रालाई गहिरो रुपमा अनुभव गर्न र विभिन्न भु-भागसँग जोडिन सहयोग पु-याएको बताएका छन् ।
यामाहा एरोक्स १५५, साहस, स्वतन्त्रता र अटल विश्वासको प्रतीक भएको नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजको भनाइ छ ।
दुई पांग्रे सवारीप्रतिको सही उत्साह र क्षमता परीक्षण गर्ने चाहनाले प्रेरित भई ओझाले यामाहालाई आफ्नो भरपर्दो साथीको रूपमा लिएको बताएका छन् ।
अवाशिष ओझाले अविश्वसनीय र रोमान्चक उपलब्धिहरू एक्लै यात्रा गर्दा पनि हासिल गर्न सकिन्छ भन्ने मान्यताका साथ यात्रा शुरु गरेका थिए । उनी भन्छन्, ‘काठमाडौं देखि खारदुङ–ला सम्मको यात्रा पूरा गर्नु मेरो लागि गर्वको क्षण हो र एक्लै यात्रा गर्न चाहने जोसुकैको लागि प्रेरणाको स्रोत हुनेछ । यामाहा, एरोक्स मेरो भरपर्दो साथीको रुपमा रहिरहनेछ ।’
यामाहा एरोक्स १५५ एक अद्वितीय, पर्फर्मेन्स केन्द्रित स्कुटर हो जसले रोमाञ्चक र अद्भुत यात्राको अनुभव प्रदान गर्दछ। यसको बोल्ड स्टाइल र प्रभावशाली पर्फर्मेन्सको कारण यसलाई स्कुटरका उत्साहीहरुले आकर्षक विकल्पको रुपमा छनौट गर्ने गरेका छन् ।
नेपाली बजारमा यामाहाको एरोक्स स्कुटरका साथै आर र एफजी सिरिजका मोटरसाइकल तथा रेजी सिरिजका स्कुटर रहेका छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यिनमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ, जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ । यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।
भारतको गाजियाबादस्थित बजाजको फ्याक्ट्री नजिकै परीक्षण गरिरहेको अवस्थामा...
काठमाडौं – मस्कुलर र स्पोर्टी स्टाइलमा रहेको यामाहाको म्याक्सी स्कुटर...
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बितरक एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...