स्कुटरमै लद्दाख पुगेर फर्किए अवाशिष (भिडियो सहित)

नेपाली अटोमोबाइल क्षेत्रका परिचित व्यक्तित्व तथा मोटो भ्लगर अवाशिष ओझाले काठमाडौ देखि विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मोटरेबल सड़क नजिक लद्दाखको यात्रा पुरा गरेका छन् ।

सो चुनौतीपूर्ण यात्रा उनले यामाहा एरोक्स १५५ स्कुटरमा सवार भएर गरेका थिए । सो यात्रा पुरा गरे पश्चात एक कार्यक्रमका बिच त्यसको वारेमा जानकारी प्रदान गरिएको छ ।

अवाशिष ओझाले १५ दिनको अवधिमा करिव ५००० किलोमिटरको यात्रा कायम गरेका छन् । एक्लै यात्रा गरेका ओझाले यसबाट आफ्नो यात्रालाई गहिरो रुपमा अनुभव गर्न र विभिन्न भु-भागसँग जोडिन सहयोग पु-याएको बताएका छन् ।

यामाहा एरोक्स १५५, साहस, स्वतन्त्रता र अटल विश्वासको प्रतीक भएको नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजको भनाइ छ ।

दुई पांग्रे सवारीप्रतिको सही उत्साह र क्षमता परीक्षण गर्ने चाहनाले प्रेरित भई ओझाले यामाहालाई आफ्नो भरपर्दो साथीको रूपमा लिएको बताएका छन् ।

अवाशिष ओझाले अविश्वसनीय र रोमान्चक उपलब्धिहरू एक्लै यात्रा गर्दा पनि हासिल गर्न सकिन्छ भन्ने मान्यताका साथ यात्रा शुरु गरेका थिए । उनी भन्छन्, ‘काठमाडौं देखि खारदुङ–ला सम्मको यात्रा पूरा गर्नु मेरो लागि गर्वको क्षण हो र एक्लै यात्रा गर्न चाहने जोसुकैको लागि प्रेरणाको स्रोत हुनेछ । यामाहा, एरोक्स मेरो भरपर्दो साथीको रुपमा रहिरहनेछ ।’

यामाहा एरोक्स १५५ एक अद्वितीय, पर्फर्मेन्स केन्द्रित स्कुटर हो जसले रोमाञ्चक र अद्भुत यात्राको अनुभव प्रदान गर्दछ। यसको बोल्ड स्टाइल र प्रभावशाली पर्फर्मेन्सको कारण यसलाई स्कुटरका उत्साहीहरुले आकर्षक विकल्पको रुपमा छनौट गर्ने गरेका छन् ।

नेपाली बजारमा यामाहाको एरोक्स स्कुटरका साथै आर र एफजी सिरिजका मोटरसाइकल तथा रेजी सिरिजका स्कुटर रहेका छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यिनमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ, जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ । यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

सम्बन्धित समाचारहरू

औपचारिक रुपमै लन्च भयो नेपालमा यामाहा बीएस६ एफजेड–एस एफआई

औपचारिक रुपमै लन्च भयो नेपालमा यामाहा बीएस६ एफजेड–एस एफआई

काठमाडौं – नेपाली बजारमा यामाहाका बीएस६ मोडलका दुई मोटरसाइकल औपचारिक...

नो प्रोब्लम फर पेट्रोल प्राइस : प्रविधि र माइलेज दुवैका लागि उपयुक्त छन् यामाहाका यी मोटरसाइकल

नो प्रोब्लम फर पेट्रोल प्राइस : प्रविधि र माइलेज दुवैका लागि उपयुक्त छन् यामाहाका यी मोटरसाइकल

इन्धनको मूल्य घट्ने छाटकाट अझै देखिएन । यो अवस्थामा इलेक्ट्रिक सवारी साधन...

यस्ता छन् यामाहाको एफजेड–एस भी३ एक्स–कनेक्टमार्फत उपयोग गर्न सकिने ६ सुविधा

यस्ता छन् यामाहाको एफजेड–एस भी३ एक्स–कनेक्टमार्फत उपयोग गर्न सकिने ६ सुविधा

नेपाली बजारमा यामाहाले हालै लन्च गरेको नयाँ बीएस६ इन्जिनयुक्त मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...