५ मिनेटमै इलेक्ट्रिक स्कुटर शतप्रतिशत चार्ज हुने
ओला इलेक्ट्रिकले एक्स्ट्रिम फास्ट चार्जिङ प्रविधिको ब्याट्री निर्माण...
काठमाडौं – अवतार ब्रान्डको नेपालका लागि आधिकारिक वितरक सीजी इभोलुसनले अवतार ११ प्रिमियम ईभी छिट्टै नेपाली बजारमा लन्च हुने घोषणा गरेको छ ।
सो गाडी आगामी नाडा अटो शो २०२४ मा सोकेश गरिने कम्पनीको भनाइ छ । इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनका लागि एक कदम अगाडि बढेको मानिने सो ईभी चांगान अटोमोबाइल, सीएटीएल ब्याट्री र हुवावे टेक्नोलोजीको रणनीतिक सहकार्यबाट उत्पादन भएको उत्कृष्ट उत्पादन मानिन्छ ।
विभिन्न फरक र विशेष विशेषताका कारण अवतार ११ ले नेपाली बजारमा पनि फरक पहिचान कायम गर्ने कम्पनीको भनाइ छ । यसमा भएका विभिन्न विशेषता यस प्रकार रहेका छन् ।
अत्याधुनिक ब्याट्री प्रविधि – विश्वकै प्रतिष्ठित ब्याट्री निर्माता कम्पनी सीएटीएलको सहकार्यमा विकास गरिएको ब्याट्री प्रयोग भएको अवतार ११ ले रेन्ज, पर्फमेन्स र गाडीको आयु बढाउनमा भूमिका खेल्छ ।
इनोभेटिभ डिजाइन – अटोमोटिभ डिजाइनमा विशेषज्ञ मानिने चांगान अटोमोबाइलले डिजाइन गरेको अवतार ११ को स्लिक र एरोडाइनामिक एक्सटेरियरले एस्थेटिक अपिल र फङसनल इफिसियन्सी दुवै बढाएको छ ।
एड्भान्स्ड कनेक्टिभिटी – हुवावेद्वारा विकास गरिएको एड्भान्स्ड कनेक्टिभिटी सोलुसनले स्मार्ट डिभाइस, रियल टाइम नेभिगेसन र इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्सलाई एउटै गाडीमा एकीकृत गरेको छ ।
सस्टेनेबल परफर्मेन्स – सबै इलेक्ट्रिक सवारी साधनले वातावरणीय प्रभाव कम गर्नका लागि दिगोपनामा ध्यान दिने बताउछन् । तर अवतार ११ ले यो भन्दा एक कदम अगाडि बढेर ड्राइभिङ एक्सपेरियन्स र सेफ्टीमा कुनै सम्झौता नगरुी वातावरणीय प्रभाव कम गर्नका लागि विभिन्न कार्य गरेको कम्पनीको भनाइ छ ।
स्मार्ट कनेक्टिभिटी – दैनिक जीवनलाई जोडेर अवतार ११ ले हुवावे टेक्नोलोजीको प्रविधिको सहयोगले विभिन्न इन्टेलिजेन्ट फिचरका साथ कनेक्टिभिटीलाई पुनःपरिभाषित गरेको छ । इन–कार अर्थात कार भित्र हुने विभिन्न अनुभवलाई व्यक्तिमा केन्द्रित गर्नका लागि नेभिगेसनलाई अझै परिस्कृत गरिएको छ ।
नेपाली बजारमा अवतार ११ को मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । यो गाडी काठमाडौं भित्रिसकेको र केही समय पछि औपचारिक रुपमा लन्च हुनेछ ।
अन्तर्राष्ट्रिय स्तरमै हुवावे, चांगान र सीएटीएलको संयुक्त परियोजना भएको सो कार नेपाली बजारमा समेत सीजी ग्रुप अन्तर्गतको सीजी इभोलुसनका साथै चांगान गाडी बिक्री–वितरण गरिरहेको एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु राइडले समेत यसको बिक्री–वितरण गर्ने बताइएको छ ।
ओला इलेक्ट्रिकले एक्स्ट्रिम फास्ट चार्जिङ प्रविधिको ब्याट्री निर्माण...
स्वीडिस कम्पनी हस्कभर्नाले नयाँ इलेक्ट्रिक स्कुटर हस्कभर्ना भेक्टरको...
नेपाली अटो बजारमा नयाँ ब्रान्डको विद्युतिय माइक्रो वस भित्रिएको छ । विगत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...