नेपाल आइपुग्यो अवतार ११, छिट्टै लन्च हुने घोषणा, यस्ता छन् ५ विशेष फिचर

काठमाडौं – अवतार ब्रान्डको नेपालका लागि आधिकारिक वितरक सीजी इभोलुसनले अवतार ११ प्रिमियम ईभी छिट्टै नेपाली बजारमा लन्च हुने घोषणा गरेको छ ।

सो गाडी आगामी नाडा अटो शो २०२४ मा सोकेश गरिने कम्पनीको भनाइ छ । इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनका लागि एक कदम अगाडि बढेको मानिने सो ईभी चांगान अटोमोबाइल, सीएटीएल ब्याट्री र हुवावे टेक्नोलोजीको रणनीतिक सहकार्यबाट उत्पादन भएको उत्कृष्ट उत्पादन मानिन्छ ।

विभिन्न फरक र विशेष विशेषताका कारण अवतार ११ ले नेपाली बजारमा पनि फरक पहिचान कायम गर्ने कम्पनीको भनाइ छ । यसमा भएका विभिन्न विशेषता यस प्रकार रहेका छन् ।

अत्याधुनिक ब्याट्री प्रविधि – विश्वकै प्रतिष्ठित ब्याट्री निर्माता कम्पनी सीएटीएलको सहकार्यमा विकास गरिएको ब्याट्री प्रयोग भएको अवतार ११ ले रेन्ज, पर्फमेन्स र गाडीको आयु बढाउनमा भूमिका खेल्छ ।

इनोभेटिभ डिजाइन – अटोमोटिभ डिजाइनमा विशेषज्ञ मानिने चांगान अटोमोबाइलले डिजाइन गरेको अवतार ११ को स्लिक र एरोडाइनामिक एक्सटेरियरले एस्थेटिक अपिल र फङसनल इफिसियन्सी दुवै बढाएको छ ।

एड्भान्स्ड कनेक्टिभिटी – हुवावेद्वारा विकास गरिएको एड्भान्स्ड कनेक्टिभिटी सोलुसनले स्मार्ट डिभाइस, रियल टाइम नेभिगेसन र इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्सलाई एउटै गाडीमा एकीकृत गरेको छ ।

सस्टेनेबल परफर्मेन्स – सबै इलेक्ट्रिक सवारी साधनले वातावरणीय प्रभाव कम गर्नका लागि दिगोपनामा ध्यान दिने बताउछन् । तर अवतार ११ ले यो भन्दा एक कदम अगाडि बढेर ड्राइभिङ एक्सपेरियन्स र सेफ्टीमा कुनै सम्झौता नगरुी वातावरणीय प्रभाव कम गर्नका लागि विभिन्न कार्य गरेको कम्पनीको भनाइ छ ।

स्मार्ट कनेक्टिभिटी – दैनिक जीवनलाई जोडेर अवतार ११ ले हुवावे टेक्नोलोजीको प्रविधिको सहयोगले विभिन्न इन्टेलिजेन्ट फिचरका साथ कनेक्टिभिटीलाई पुनःपरिभाषित गरेको छ । इन–कार अर्थात कार भित्र हुने विभिन्न अनुभवलाई व्यक्तिमा केन्द्रित गर्नका लागि नेभिगेसनलाई अझै परिस्कृत गरिएको छ ।

नेपाली बजारमा अवतार ११ को मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । यो गाडी काठमाडौं भित्रिसकेको र केही समय पछि औपचारिक रुपमा लन्च हुनेछ ।

अन्तर्राष्ट्रिय स्तरमै हुवावे, चांगान र सीएटीएलको संयुक्त परियोजना भएको सो कार नेपाली बजारमा समेत सीजी ग्रुप अन्तर्गतको सीजी इभोलुसनका साथै चांगान गाडी बिक्री–वितरण गरिरहेको एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु राइडले समेत यसको बिक्री–वितरण गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

होण्डाले तीन वर्षमा १० भन्दा बढी इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

होण्डाले तीन वर्षमा १० भन्दा बढी इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

जापनिज अटो निर्माता होण्डाले अवको ३ वर्षमा १० भन्दा बढी इलेक्ट्रिक...

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

महोत्तरी – बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित...

मस्कले अबको दुई वर्षसम्म विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाको सेयर नबेच्ने

मस्कले अबको दुई वर्षसम्म विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाको सेयर नबेच्ने

काठमाडौं – अरबपति तथा ट्वीटरका मालिक इलन मस्कले अबको दुई वर्षसम्म...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...