नेपालका लागि हिड्यो अवतार ११, सीजी र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्ने

काठमाडौं– सीजी मोटर्स र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्न लागेको अवतार ब्रान्डको नयाँ ईभी नेपाली बजारका लागि प्रस्थान गरेको छ । चीनस्थित प्लान्टबाट अवतार ११ नेपालका लागि हिँडेको हो । उक्त गाडी अवको केही दिनपछि भन्सार विन्दुमा आइपुग्ने र त्यहाँ प्रक्रिया पुरा भएपछि काठमाडौं आउने जनाइएको छ । सुरुवातमा ४ वटा कार नेपालका लागि प्रस्थान गरेको हो ।

हुवावे, सीएटीएल र चांगनको संयुक्त लगानीमा बिकास गरिएको अवतार एक प्रिमियम ईभी ब्रान्ड हो । सन् २०१८ मा स्थापना भएको अवतार टेक्नोलोजी कम्पनीले त्यसको ४ वर्षपछि अर्थात सन् २०२२ मा पहिलो मोडल अवतार ११ ल्याएको थियो । सोही कार राइट ह्यान्ड ड्राइभमा समेत आएपछि नेपाली बजारमा भित्रिन लागेको हो ।

मिड साइज लक्जरी फास्ट ट्र्याक क्रसओभर सेग्मेन्टको यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । नेपाली बजारमा संभवत यसको ९०.३८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडित भेरिएन्ट आउने अनुमान गर्न सकिन्छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्मममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।

यो कार रियर ह्विल र अल ह्विल ड्राइभ अप्सनमा उपलब्ध रहँदै आएको छ । जसअनुसार रियर ह्विल ड्राइभ भर्सनमा २३० किलोवाट र अल ह्विल ड्राइभमा ४२५ किलोवाट आवरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । उच्च मोटर क्षमता र ठूलो साइजको ब्याट्री प्याकका कारण यो निकै पावरफुल र उच्च मइलेजयुक्त छ ।

यसमा जडान गरिएको ९०.३८ किलोवाट आवर क्षमतायुक्त भेरिएन्टले सिंगल चार्जमा ५५५ र ठूलो ब्याट्री प्याकले ६८० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

यो प्रिमियम ईभीमा १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, र १०.२५ इन्चकै अर्को प्यासेन्जर डिस्प्ले राखिएको छ । कारमा दुईवटा वारयलेस चार्जिङ प्याड, १४–स्पिकर साउन्ड सिस्टम र ३४ वटा सेन्सर जडित इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम लगायत अन्य थुप्रै प्रकारका अत्याधुनिक सुविधा दिइएको छ ।

सम्बन्धित समाचारहरू

१ करोड २५ लाखको म्याक्सस मिफामा विशेष १० लाख अफर, आजैदेखि बिक्री प्रारम्भ

१ करोड २५ लाखको म्याक्सस मिफामा विशेष १० लाख अफर, आजैदेखि बिक्री प्रारम्भ

काठमाडौं – आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपालमा मोबिलिटी...

इलेक्ट्रिक स्कुटरमा अफर : ५० हजार छुट

इलेक्ट्रिक स्कुटरमा अफर : ५० हजार छुट

काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

नेपाल आयो स्मार्ट–३ इलेक्ट्रिक कार, सिजी मोटर्सले बिक्री गर्ने

नेपाल आयो स्मार्ट–३ इलेक्ट्रिक कार, सिजी मोटर्सले बिक्री गर्ने

काठमाडौं–सीजी मोटर्स आधिकारिक विक्रेता रहेको अर्को नयाँ ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...