सेरेसको थ्रीएस सुविधासहितको शोरुम अब बुटवलको कालिकानगरमा
बुटवल – सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले...
काठमाडौं – नेपाली बजारमा नयाँ प्रिमियम ईभी ब्रान्ड अवतार आउने भएको छ । अवतार ११ नेपालका लागि चीनबाट प्रस्थान गरेको समाचारले अहिले चर्चा पाएको छ ।
यससँगै सो प्रिमियम ईभीको विशेषता र मूल्यको वारेमा समेत धेरैले चासो राखेका छन् । नेपालमा सीजी मोटर्स र एमएडब्लु ग्रुपले संयुक्त रुपमा भित्र्याउन लागेको अवतार ११ को विशेषता पनि फरक छ ।
कम्पनीका अनुसार अवतार ११ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा प्रिमियम ईभी हुनेछ । यसले कम्फर्ट, स्टाइल, टेक्नोलोजी र इनोभेसनद्वारा ड्राइभिङ गर्ने व्यक्तिलाई असीमित अनुभव प्रदान गर्नेछ । नेपाल भित्रिए पछि यसले हिमालयको मुटुमा अवस्थित नेपालका प्रत्येक धरातलमा लक्जरी र रिफाइनमेन्टको नयाँ बेन्चमार्क स्थापित गर्ने बताइएको छ ।
४८८० एमएम लम्बाई, १९७० एमएम चौडाई र १६०१ एमएम उचाई तथा २९७५ एमएम ह्विलबेस भएको सो गाडीको रियर ट्रयाक १६७८ एमएम छ । यसमा एफ आकारको कर्भेचर एलईडी हेडलाइट क्लस्टर छ भने डिस–विनिङ फ्रन्ट आउटलाइन छ । यसका साथै अगाडिको ठूलो ट्रंकसँगै टर्न लाइट र ६ एलईडी हेडल्याम्प हाई लो बिम इन्टिग्रेट गरिएको छ ।
अवतार ११ पहिलो हलो स्क्रिन कार हो र यसले गाडीमा भएको अत्याधुनिक प्रविधि र असीमित लक्जरीको पहिचान दिन्छ ।
मिड साइज लक्जरी फास्ट ट्र्याक क्रसओभर सेग्मेन्टको यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । नेपाली बजारमा संभवत यसको ९०.३८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडित भेरिएन्ट आउने अनुमान गर्न सकिन्छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्मममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
यो कार रियर ह्विल र अल ह्विल ड्राइभ अप्सनमा उपलब्ध रहँदै आएको छ । जसअनुसार रियर ह्विल ड्राइभ भर्सनमा २३० किलोवाट र अल ह्विल ड्राइभमा ४२५ किलोवाट आवरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । उच्च मोटर क्षमता र ठूलो साइजको ब्याट्री प्याकका कारण यो निकै पावरफुल र उच्च मइलेजयुक्त छ ।
यसमा जडान गरिएको ९०.३८ किलोवाट आवर क्षमतायुक्त भेरिएन्टले सिंगल चार्जमा ५५५ र ठूलो ब्याट्री प्याकले ६८० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
यो प्रिमियम ईभीमा १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, र १०.२५ इन्चकै अर्को प्यासेन्जर डिस्प्ले राखिएको छ । कारमा दुईवटा वारयलेस चार्जिङ प्याड, १४–स्पिकर साउन्ड सिस्टम र ३४ वटा सेन्सर जडित इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम लगायत अन्य थुप्रै प्रकारका अत्याधुनिक सुविधा दिइएको छ ।
करिव दुई साता भित्र नेपाली बजारमा आइपुग्ने अनुमान गरिएको अवतार ११ को मूल्य कम्पनीले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । यद्यपि यसको मूल्य १ करोड ५० लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
बुटवल – सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले...
काठमाडौं– इकोविट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक ग्लोवल...
काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा दीगोको इलेक्ट्रिक गाडी ई८ किन्दा आइफोन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...