अटोमोबाइल व्यवसायीको संसदतर्फको यात्रा

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमार्फत प्रतिनिधि सभा सदस्य बन्न सफल व्यक्ति मध्ये एक हुन् पारश मणि गेलाल । उदयपुर क्षेत्र नम्बर १ बाट ३० हजार ५९० मत पाएर विजयी बनेका गेलालले निकटतम प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका राजेश कुमार राईलाई करिव १९ हजार मतले पछि पारेका थिए ।

गेलाल आफ्नो व्यवसायमा कार्यरत रहेकै समयमा अब संसद प्रवेश गरेका छन् । अब उनी सबै जनताका लागि ‘माननीय’ बनेका छन् । यद्यपि उनको पहिले देखिको पहिचान समेत कायम रहने अपेक्षा गरिएको छ ।

उनको अर्को पहिचान अटोमोबाइल व्यवसायी पनि हो । उनी विगत १५ वर्षभन्दा लामो समय देखि नै यो क्षेत्रमा कार्यरत छन् । पछिल्लो समयमा सन् २०२२ देखि उनले स्काईवेल ईभीको आधिकारिक वितरकको रुपमा रहेको जी मोटर्सलाई सञ्चालन गरिरहेका थिए ।

विद्युतीय सवारीको प्रवर्धन र बिक्रीमा उल्लेखनिय योगदान दिने उद्देश्यका साथ उनी यो कर्ममा क्रियाशील थिए । उर्जा र यातायातलाई जोड्ने एक कडी बन्दै संसदमा गेलालको प्रतिनिधित्वले एक महत्वपूर्ण कदम लिने र नीति निर्माणको क्षेत्रमा सहयोगी भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।

जेनजी आन्दोलन पश्चात उनी अझै फरक ढंगले राजनीतिक क्षेत्रमा क्रियाशील रहे । वर्षौ सम्म विकासको नाममा धोका, अनि आम जनताका आधारभूत समस्या जस्तातस्तै नै रहेको देख्दै आएका कारण आफ्नो जन्मस्थान उदयपुर जिल्लामै केही गर्नुपर्छ भन्ने लक्ष्यका साथ अगाडि बढेको उनको भनाइ छ । उनले सो क्षेत्रमा विकास, उद्योग र पर्यटनमार्फत आर्थिक रुपमा जनतालाई समृद्धितर्फ डो¥याउने लक्ष्यका साथ उम्मेदवारी दर्ता गराएको बताउँछन् । अब जिल्ला र समग्र देशकै आवाज उठाउने र आवश्यक कार्य गर्ने उनको भनाइ छ ।

भ्रष्टाचार विरुद्ध चुपचाप लडाई
पारश मणि गेलाल एक यस्तो योद्धा हुन्, जो भ्रष्टाचार विरुद्ध चुपचाप लडिरहेका थिए । स्कुले जीवनमै उनले असल शासन रेडियो कार्यक्रममार्फत यसतर्फ पाइला चालेका थिए । सो समयमा प्रो पब्लिकले सञ्चालन गर्ने असल शासन रेडियो कार्यक्रममार्फत सार्वजनिक सुनुवाई, जवाफदेहिता र भ्रष्टचार बिरुद्धका कार्यक्रम प्रस्तुत गर्ने र असल शासन क्लब गठन गरी स्थानीय स्तरमै कार्यक्रम गर्ने गरिन्थ्यो । उनले यसबाट धेरै कुरा सिकेका थिए । उनी सो कार्यक्रमको नियमित स्रोता थिए भने यसबाटै उनको सिकाई निरन्तर बढ्दै गयो ।

समाजप्रतिको जिम्मेवारी एवम् स्कुले जीवनमै सुशासनको बारेमा बुझेका उनले ८ कक्षामा अध्ययन गर्दै गर्दा ’लोकल गुड गभर्नेन्स’ म्यागेजिन निकाल्न शुरु गरेका थिए । स्थानीय स्तरमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको जवाफदेहिता र पारदर्शिता माथि उनले प्रश्न त गर्थे नै, सँगसँगै सार्वजनिक सुनुवाई मार्फत जनताकै अगाडि जवाफ खोजी दिने पुलको समेत काम गर्ने गर्थे ।

२०५८ सालमा आफ्नो स्कुले शिक्षा सम्पन्न गरे पश्चात उनी अध्ययनका लागि कलेजतर्फ लागे । सो समयमा देशमा व्याप्त आर्थिक समस्या र राजनैतिक द्वन्द्वले उनको विचारलाई परिवर्तन गर्न खोज्यो । उनले २०६० सालमा पासपोर्ट बनाए । बुवालाई फकाउने प्रयास स्वरुप ‘घरको आर्थिक समस्या कम गर्न मलेसिया जाने’ बताए । यद्यपि उनी त्यतातिर भने लागेनन् ।

सन् २०१० मा मास्टर्स डिग्रीको अध्ययन सम्पन्न गरेका उनले उक्त समय सम्म असल शासन क्लबको अभियान मार्फत थुप्रै काम गरिसकेका थिए । २००६ देखि २०१० सम्म जिल्ला असल शासन क्लबका सचिव भएर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका थिए । उनको देश प्रेम र भ्रष्टाचार विरुद्धको आवाज यति बुलन्द थियो कि उनी हरेक तहतप्कामा नागरिकले समस्या भोग्न नपरोस् भनेर आफ्नो आवाज उठाइरहन्थे ।

२०१९ मा कोभिडको समयमा सुरक्षाकर्मीलाई कोभिड प्रोटेक्सनका मास्क, स्यानिटाइजर र थर्मल गन वितरण देखी सरकारको खबरदारी गर्न कहिल्यै पछि परेनन् ।

उनी यसै अनुसार भ्रष्टाचारको विरोध गर्ने एक समूहको खोजीमा थिए । राष्ट्रिय स्वतन्त्र पार्टी गठन भए पश्चात यही दलको विचार र सिद्धान्त नै आफ्नो विचार र सिद्धान्तसँग मिल्ने लागेर उनी यसैमा आफ्ना एजेन्डा स्थापित गर्न लागे ।

बालेन शाह मेयर भए पश्चात उनी बालेनको प्रशंसक मात्र होइन, उनको विरुद्ध सरकार वा अन्य निकायबाट हुने विभिन्न कार्यको घोर भर्त्सना गर्दै उनको अगुवाईमा वृहत ¥याली समेत निकालिएको थियो ।

आफ्नो विचार मिल्ने दल एवम् व्यक्तिको उनी जहिले पनि अनुयायी बनिरहे, यसकारण पनि उनका हरेक काम र गतिविधि जनताका समस्या समाधानमै केन्द्रित थिए ।

राजनीतिलाई पेशा नबनाउने अठोट
पारश मणि गेलालले राजनीतिको वारेमा पहिले देखि नै गहिरो चिन्तन गर्दै आए । उनी भन्छन्, ‘मैले राजनीति गर्ने मानिसले दल र आफैलाई कसरी दुषित गरे भनेर नियालिरहेको थिए । यसकारण पनि अब राजनीतिमार्फत समाजलाई राम्रा कुराको डेलिभरी त गर्नैपर्छ । तर यसलाई पेशा बनाउनु हुँदैन भन्ने लागेको थियो । यो मान्यता आगामी दिनमा समेत जारी रहने छ ।’

यसै तथ्यलाई मनन गरी आगामी दिनमा समेत उनी राजनीतिलाई पेशा नबनाई अटोमोबाइल र अन्य विभिन्न व्यवसायमा समेत क्रियाशील रहने उनको भनाइ छ । उनका भाई कैलाश बाबु गेलालको सक्रियतामा सञ्चालित स्काईवेल ईभीको डिलरसिप अर्थात जी मोटर्सले आगामी दिनमा समेत व्यवसाय फैलाउने उनको अपेक्षा छ । यो र यस्तै व्यवसायमा समेत संलग्न भई जनताको सेवा समेत गरिरहने पारश मणि गेलालको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...