अप्रिल १ देखि यी धेरै कम्पनीले बढाए कारको मूल्य, नेपालमा पर्ला असर ?

नयाँ आर्थिक वर्षको सुरुवातसँगै भारतमा अटोमोबाइल कम्पनीहरूले कारको मूल्य वृद्धि गर्ने भएका छन्। केही कम्पनीले मार्च २०२५ मै मूल्य वृद्धिको जानकारी गराइसकेका थिए।

मारुती सुजुकीले अप्रिल २०२५ मा आफ्ना कारको मूल्य चार प्रतिशतसम्म बढाउने घोषणा गरेको छ। सन् २०२५ मा कम्पनीले तेस्रो पटक मूल्य वृद्धि गरेको छ। यसअघि, जनवरी र फेब्रुअरी महिनामा पनि मूल्य बढाइएको थियो ।

हुन्डाई मोटर्सले पनि अप्रिल २०२५ देखि आफ्ना सबै मोडेलको मूल्य तीन प्रतिशतसम्म बढाउने निर्णय लिएको छ। यसबारे कम्पनीले मार्च २०२५ मै जानकारी गराइसकेको थियो।

किया मोटर्सले आफ्ना एमपीभी र एसयूभी सेगमेन्टका कारको मूल्य वृद्धि गर्नेछ। हुन्डाई जस्तै कियाले पनि मार्च २०२५ मै अप्रिलदेखि आफ्ना कारको मूल्य तीन प्रतिशतसम्म बढाउने जानकारी दिएको थियो।

महिन्द्राका एसयूभी पनि महँगा भएको छ । कम्पनीले विभिन्न खण्डमा एसयूभीको मूल्य तीन प्रतिशतले बढाउने योजना बनाएको छ।

टाटा मोटर्स र होन्डाले पनि मूल्य वृद्धि गर्ने घोषणा गरेका छन्। बीएमडब्ल्यूले भने अप्रिल महिनाको सुरुवातसँगै आफ्ना कारको मूल्य तीन प्रतिशतले बढाउने निर्णय गरेको छ।

कारको मूल्य वृद्धिको मुख्य कारण कच्चा पदार्थको मूल्य वृद्धि तथा सञ्चालन खर्चमा भएको वृद्धि भएको बताइएको छ ।

भारतमा भएको मूल्य वृद्धिको सिधा असर नेपाली बजारमा नपर्न पनि सक्छ । नेपाली बजारका लागि प्रायः कम्पनीले फरक रणनीति लिएका हुन्छन् । तर पनि यसको अप्रत्यक्ष असर भने नपर्ला भन्न सकिन्न ।

सम्बन्धित समाचारहरू

अगाडि बढिरहेको कारमा अचानक रिभर्स गियर लाग्दा के हुन्छ ?

अगाडि बढिरहेको कारमा अचानक रिभर्स गियर लाग्दा के हुन्छ ?

कारको हरेक गियरको गति हुन्छ। यसको अर्थ एउटा गियरमा कारलाई निश्चित गतिमा...

नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थपियो

नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थपियो

काठमाडौँ – काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा...

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

जापानी कम्पनी इकोमाले एकदमै फरक र चकित पार्ने इलेक्ट्रिक बाइक लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...