पोखरामा चल्दै औद्योगिक मेला, अटो स्टलमा आकर्षण

पोखरामा हाल ‘राष्ट्रिय औद्योगिक व्यापार मेला चलिरहेको छ । मंसिर २१ देखि प्रारम्भ भएको सो मेलामा अन्य कुराका अतिरिक्त सवारी साधनको स्टल समेत छ । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसन (वाडा) ले सो मेलामा सवारी साधनको स्टल समेत राख्ने व्यवस्था मिलाएको छ ।

मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरु हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीहरुले गाडी र मोटरसाइकल अनि स्कुटरहरुको प्रदर्शन गरिरहेका छन् । र, अहिलेको मेलामा प्रदर्शनमा राखिएका अधिकांश सवारी साधनहरु विद्युतीय (ईभी) रहेका छन् । अटोका स्टलमा दर्शकको आकर्षण बढेको छ ।

वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार पोखरामा भएको अटो प्रदर्शन काठमाडौंपछिको सवैभन्दा बृहत र ठूलो हो । काठमाडौंमा हुने नाडा अटो शोको झल्को समेत यसले दिने गरेको छ ।

‘सवारी साधनको माग काठमाडौंमा बढी छ र त्यहाँ हुने अटो सोहरु भव्य हुने गर्छन्, काठमाडौं बाहिर भने पोखरामा आयोजना हुने यो प्रदर्शनी नै सवैभन्दा ठूलो हो । यहाँको मेलामा नयाँ मोडलका गाडी र दुईपाङ्ग्रे सवारी साधनको लन्चिङ पनि हुने गरेको छ ।’ श्रेष्ठ भन्छन् ।

योपटक उपभोक्ताको बदलिँदो स्वभावलाई ध्यानमा राख्दै विद्युतीय (ईभी)को प्रदर्शनी र प्रवद्र्धन भएको वाडाका उपाध्यक्ष ताथ मेलाका अटो संयोजक दीपेन्द्र कोइरालाले बताए । ‘अहिले नेपालमा बढीमात्रामा विद्युतीय गाडीहरु भित्रिएका छन्, एकसे एक कम्पनीहरुले बजारमा नयाँ–नयाँ योजनासहित गाडीहरु ल्याइरहेका छन्, त्यसको प्रवद्र्धन हुने नै भयो’, उनले भने, ‘अर्को कुरा, पेट्रोल र डिजल इञ्जिनका गाडीहरुको नयाँ मोडल अंग्रेजी पात्रोको जनवरीपछि मात्र आउने भएकाले पनि इभीले बढी ठाउँ पायो । प्रदर्शनी र प्रवद्र्धन गर्ने भनेकै नयाँको हो ।’

प्रदर्शनीमा राखिएका विद्युतीय सवारी साधनप्रति सहभागीहरुले चासो राख्ने गरेको र व्यापार पनि राम्रै भएको व्यवसायी प्रदीप पहारीको भनाइ छ । सेग्वे कम्पनीका स्कुटरहरुको आधिकारिक बिक्रेतासमेत रहेका पहारीले आइतबार मेलास्थलबाटै एउटा स्कुटर बिक्री गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको हातबाट ग्राहकलाई स्कुटरको चाबी हस्तान्तरण गरियो । अघिल्लो वर्ष मेलास्थलबाटै ५ वटाभन्दा बढी स्कुटर बिक्री भएको स्मरण गर्दै उनले थपे,‘विद्युतीय सवारीप्रतिको रुची बढ्दो छ तर युवा पलायन हुँदा उपभोक्ता घट्दै गएको अनुभूति चाहिँ भएको छ । ’ मेलामा रहेका अटोका विभिन्न स्टलबाट गाडी र स्कुटरहरुको बुकिङ भइरहनु सन्तोषको विषय भएको उनले सुनाए ।

मेलामा दीपलक्ष्मी ब्राइट इन्टरनेसनल प्रालिले मोरिस ग्यारेज (एमजी) का गाडीहरु प्रदर्शन र बिक्रीमा राखेको छ । एमजीको जेडएस इभी (डिलक्स), कमेट एमजी फोर अर्थात् सानो गाडी प्रदर्शनमा राखिएको दीपलक्ष्मीकी मेनुका गुरुङले बताइन् । कमेटको मूल्य १७ लाख ९९ हजार र एमजीको जेडएस डिलक्सको मूल्य ५२ लाख ९ढ हजार अनि एमजी फोरको ५८ लाख ९९ हजार रुपैयाँ रहेको उनले जानकारी दिइन् ।

यस्तै विश्वकर्मा अटो मोटर्सले मेलामा नेटा र किङलङ ब्राण्डका ईभी प्रदर्शनमा राखेको छ भने टेनिसा मोटर्सले ओरा,प्लग इनले बीवाइडीका गाडीहरुको प्रवद्र्धन गरिरहेको छ । नेपालमा प्रसिद्ध रहेको तथा मेलाको मुख्य प्रायोजकसमेत रहेको हुन्डाईले पनि ईभीलाई प्रवद्र्धन गरिरहेको छ भने थापा मोटर्सले सेरेस ३, बतास ब्रदर्सले महिन्द्रा, चालिसे मोटर्सले सुजुकीका ईभी स्कुटर प्रदर्शनमा राखेको छ । मेलामा कुसा क्यू, इसुजुको हाइल्याण्डर, अटोवेज प्रालिको ल्याण्डक्रुजर र कोरलाको पनि प्रवद्र्धन गरिएको छ । सेल्टोस, वारियर, सेग्वेहरुले पनि नयाँ उत्पादनहरुको प्रवर्दन गरिरहेको मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

मेला आगामी पौष १ सम्म चल्ने छ ।

सम्बन्धित समाचारहरू

नाडाले भेट्यो गभर्नर, मौद्रिक नीतिमा अटोमोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह

नाडाले भेट्यो गभर्नर, मौद्रिक नीतिमा अटोमोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष डा. धु्रव थापाको...

नाडा अध्यक्ष उम्मेदवार करण चौधरीको प्यानलका साथ पोखराका व्यवसायीको अन्तरक्रिया

नाडा अध्यक्ष उम्मेदवार करण चौधरीको प्यानलका साथ पोखराका व्यवसायीको अन्तरक्रिया

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारण सभा र अधिवेशन...

अर्थमन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको छलफल, समस्या समाधान गर्न आग्रह

अर्थमन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको छलफल, समस्या समाधान गर्न आग्रह

काठमाडौं– अटोमोबाइल व्यवसायीले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...