नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र लुम्बिनी जनरल इन्स्योरेन्स बीच सहकार्यको सम्झौता सम्पन्न

काठमाडौं – सेकेन्ड ह्यान्ड गाडी बिक्रेताहरुको समूह नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र लुम्बिनी जनरल इन्स्योरेन्स बीच सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ एनपी प्रधानले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे ।

सम्झौता अनुसार एक वर्षका लागि लुम्बिनी जनरल इन्स्योरेन्सले संघलाई निश्चित रकम सहयोग गर्नेछ । संघमा आवद्ध व्यवसायीहरुले आफ्ना गाडी बिक्री गर्दा लुम्बिनी जनरल इन्स्योरेन्समा इन्स्योरेन्स गर्नका लागि सहजीकरण गर्नेछन् ।

सवारी साधन बिक्री गरे पछि गाडी किन्ने ग्राहकले इन्स्योरेन्स गर्नु आवश्यक हुन्छ । यस प्रकार इन्स्योरेन्स र गाडी धनीको बीचमा सुमधुर सम्बन्ध हुनु आवश्यक छ । यही सम्बन्धलाई जीवित राख्नका लागि संघ र इन्स्योरेन्सले भूमिका खेल्ने दुवै पक्षले अपेक्षा गरेका छन् ।

यो सम्झौता एक वर्षका लागि गरिएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

कतै तपाईको लाइसेन्स नक्कली त छैन ? सावधान ! ट्राफिक प्रहरीले अब जाँच्ने छ एप्सबाट नक्कली लाइसेन्स

कतै तपाईको लाइसेन्स नक्कली त छैन ? सावधान ! ट्राफिक प्रहरीले अब जाँच्ने छ एप्सबाट नक्कली लाइसेन्स

कतै तपाईले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाइरहनु भएको त छैन ? होसियार,...

लाइसेन्स छापिए पछि मोबाइलमा एसएमएस आउने, जानकारी नआउँदै कार्यालय नजान अनुरोध

लाइसेन्स छापिए पछि मोबाइलमा एसएमएस आउने, जानकारी नआउँदै कार्यालय नजान अनुरोध

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र अर्थात...

अब लाइसेन्स छपाइ प्रदेश सरकारले नै गर्ने, सबै प्रदेश सरकार तयार

अब लाइसेन्स छपाइ प्रदेश सरकारले नै गर्ने, सबै प्रदेश सरकार तयार

काठमाडौं । आगामी साउन १ गतेदेखि सवारी चालक अनुमति पत्र छपाई गर्न सबै प्रदेश...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...