अटो लोनको जोखिम भार घट्ने, सवारी साधनको बिक्रीमा सुधार आउने

नेपाल राष्ट्र वैंकले चालु आर्थिक वर्षदेखी अटो लोनमा जाने कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको छ । आइतवार मौद्रिक निती सार्वजनिक गरेर सेयर धितोमा जाने कर्जा, घरजग्गा तथा हायर पर्चेज(अटोलोन) मा जाने कर्जाको जोखिम भार कम गर्ने राष्ट्र वैंकले घोषणा गरेको हो ।

यी क्षेत्रमा जाने कर्जामा हाल १५० प्रतिशत जोखिमभार लाग्दै आएको छ । जोखिमभार उच्च भएका कारण वैंक तथा वित्तिय संस्थाले अटोलोन प्रवाहमा रुची नदेखाएको र सोही प्रावधानका कारण बजारमा सवारीसाधन बिक्री हुन छाडेको अटोमोवाइल व्यावसायीले बताउँदै आएका थिए ।

उनीहरुले हालको जोखिमभारलाई घटाएर पुरानै दरमा ल्याउन दवाव दिँदै आएका थिए । यसअघि अटोलोनमा जाने कर्जाको जोखिमभार ७५ प्रतिशत रहँदै आएको थियो । पुरानै दरमा ल्याउन नसकिएपनि यस्तो भार वढीमा १०० प्रतिशत भन्दा धेरै हुन नहुने उनीहरुले माग गर्दै आएका थिए ।

जोखिभार कम भएसंगै वैंक तथा वित्तिय संस्थाले अटो लोन प्रवाहलाई खुकुलो बनाउँदै जाने र यसले सवारीसाधनको बिक्रीमा सुधार ल्याउने व्यावसायीले आशा व्यक्त गरेका छन् ।

सम्बन्धित समाचारहरू

सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झ-यो

सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झ-यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिमभार १२५...

गाडी किन्ने योजना छ भने घट्दै छ अटो लोनको ब्याजदर

गाडी किन्ने योजना छ भने घट्दै छ अटो लोनको ब्याजदर

विभिन्न बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । यस...

अटो लोनमा एनएमबि बैंकको सक्रियता : ५ वर्ष सम्म एउटै ब्याजदर, इलेक्ट्रिकमा सहुलियत

अटो लोनमा एनएमबि बैंकको सक्रियता : ५ वर्ष सम्म एउटै ब्याजदर, इलेक्ट्रिकमा सहुलियत

काठमाडौं – एनएमबि बैंकले अटो लोनमा सक्रियता देखाएको छ । बजारमा उपलब्ध अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...