देशका यी १४ स्थानमा ओकाया इलेक्ट्रिक स्कुटरको डिलर आह्वान
ओकाया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वृद्धि शशिला...
अन्ततः भारतमा ३ वर्ष पछि १५औं अटो एक्सपो आगामी जनवरी १३ देखि १८ सम्म आयोजना हुने भएको छ । सो एक्सपो ग्रेटर नोएडामा आयोजना हुनेछ । उक्त शोमा यसपटक इलेक्ट्रिक सवारी साधन उत्पादन गर्ने ३० कम्पनीको सहभागिता रहनेछ ।
एक्सपोमा मारुती सुजुकी, हुन्डाई मोटर्स, टाटा मोटर्स, किया इन्डिया, एमजी मोटर इन्डिया, टोयोटा, बीवाईडी इन्डिया र स्टार्ट–अपले आफ्ना नयाँ मोडल सार्वजनिक गर्ने छन् । साथै अशोक लेल्यान्ड, आइसर, जेबीएम, इसुजु जस्ता कमर्सियल सवारी साधन निर्माताले पनि सहभागिता जनाउने छन् । यस बाहेक टायर कम्पनीका साथै लिथियम आयोन ब्याट्री, चार्जर र अन्य ईभी कम्पोनेन्ट निर्माताले पनि आफ्ना उत्पादन सार्वजनिक गर्नेछन् ।
ओकिनावा अटोटेक, ग्रीभ्स कटन, हिरो इको टेक, टोर्क मोटर्स, वार्ड विजार्ड इनोभेसन एन्ड म्याटर मोटर वर्क, डेभोट मोटर्स, स्लेजह्यामर वर्क, मोटोभोल्ट मोबिलिटी, फुजियामा पावर इन्फ्रा, अल्ट्रा भायोलेट अटोमोटिभ, एलएमएल इमोशन्स, क्वान्टम इनर्जी र ब्लाइभ ३ ईभी पनि २०२३ एक्सपोमा सार्वजनिक हुनेछ । यसका साथै ओमेगा सेकी, हेक्सल मोटर्स, जुपिटर इलेक्ट्रिकका तीन ईभी कमर्सियल भेइकल प्लेयरले पनि सहभागिता जनाउनेछन् ।
रिपोर्टका अनुसार यस पटक महिन्द्रा एन्ड महिन्द्रा, स्कोडा, फक्सवागन, रेनो, निसान, बीएमडब्ल्यु, मर्सिडिज, औडी, होन्डा कार, जिप, सिट्रोन, भल्भो, हिरो मोटोकर्प, होन्डा टु ह्वील, बजाज अटो, टीभीएस मोटर, रोयल इन्फिल्ड र केटीएम जस्ता कम्पनीले सहभागिता जनाउने वारेमा अझै शंका छ ।
एक्सपोमा फ्लेक्स फ्युल र अन्य विभिन्न वैकल्पिक उर्जाद्वारा संचालन हुने सवारी साधन समेत प्रदर्शन गरिने छ ।
ओकाया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वृद्धि शशिला...
नेपाली बजारमा चिनियाँ सवारीसाधनहरूको वर्चश्व देखिएको छ । पछिल्लो समय चार...
काठमाडौं – नेपालका लागि जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...