आहा ! एमजी कोमेट ईभी, मूल्य पनि सबैभन्दा कम

एमजी मोटर्सले भारतीय बजारमा सबैभन्दा सानो कार कोमेट ईभी सार्वजनिक गरेको छ । दुई ढोका भएको सो इलेक्ट्रिक कारमा चार जना यात्रु बस्न सकिन्छ ।

एमजी कोमेट ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिंगल चार्जमा २३० किलोमिटर रेन्ज दिन्छ । ३.३ किलोवाट एसी चार्जरले यसलाई चार्ज गर्न सकिन्छ । सो ब्याट्री ७ घण्टामा फुल चार्ज हुन्छ । यसमा फास्ट चार्जरको सुविधा भने छैन ।

कोमेट ईभीमा १२ इन्चको टायर छ, जुन हाल भारतमा उपलब्ध कुनै पनि कार मध्ये सबैभन्दा कम हो ।

सो गाडीमा एउटा ठूलो फ्रि–स्ट्यान्डिङ डिजिटल डिस्प्ले छ, जसको साइज १०.२५ इन्च छ । यो भारतमा उपलब्ध हुने सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार हुनेछ ।

सो इलेक्ट्रिक कारको मूल्य अर्को महिना मात्र सार्वजनिक गरिने छ । यद्यपि यसको मूल्य १० लाख भारु भन्दा कम हुने अनुमान गरिएको छ । बजारमा यसले टाटा टियागो ईभी, सिट्रोन ईसी३ आदिसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

सवारी एसेम्बल उद्योगमा दिइएको सहुलियत गुम्ने डर, यस्ता छन् नेपालमा एसेम्बल उद्योग र सम्भावना

सवारी एसेम्बल उद्योगमा दिइएको सहुलियत गुम्ने डर, यस्ता छन् नेपालमा एसेम्बल उद्योग र सम्भावना

सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै...

मुलकोटमा दीगोको चार्जिङ स्टेसन उद्घाटन, राजमार्गमा चल्ने विद्युतीय सवारीलाई सेवा दिने

मुलकोटमा दीगोको चार्जिङ स्टेसन उद्घाटन, राजमार्गमा चल्ने विद्युतीय सवारीलाई सेवा दिने

काठमाडौं – दीगो ग्रुप अफ कम्पनीजले सिन्धुलीको सुनकोसी गाउँपालिकाको...

दुई महिनामै १० लाख गाडी उत्पादन, बीवाईडीले पार ग-यो ९० लाख गाडी उत्पादनको माइलस्टोन

दुई महिनामै १० लाख गाडी उत्पादन, बीवाईडीले पार ग-यो ९० लाख गाडी उत्पादनको माइलस्टोन

बीवाईडीले ९० लाखौ गाडी प्रोडक्सन लाइनमा रोल्ड अफ गरेको छ । बीवाईडीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...