दशैंको मोटरसाइकल : मोटरहेड टेक्कन आर २५० मा आकर्षण, छिट्टै मूल्य बढ्ने अनुमान

काठमाडौं – नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर २५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ । असोज लागेपछि नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक गरिएको यो मोटरसाइकल हाल सम्म ४५ युनिट बिक्री भइसकेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ ।

केही समयका लागि मात्र ४ लाख ५ हजार रुपैयाँ मूल्यमा उपलब्ध गराइएको यो मोटरसाइकल नेपाली बजारमा हालै भित्रिएका मोडल मध्ये एक हो ।

मोटरहेडका मोटरसाइकल किन्दा हाल नगदमा १२ हजार र फाइनान्समा ८ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ । नगद वा फाइनान्स जुनसुकै तरिकाले पनि यो मोटरसाइकल खरिद गर्न सकिन्छ । फाइनान्समा खरिद गर्दा पनि ए क्लासका बैंक र फाइनान्सहरुबाट सहज तरिकाले फाइनान्स सुविधा उपलब्ध हुने र १८ महिना सम्म बाँकी रकम किस्ता तिर्न सकिने व्यवस्था भएको कम्पनीको भनाइ छ ।

२२३ सीसी क्षमताको यो बाइकको अधिकतम पावर १२.५ किलोवाट र टर्क १७ एनएम रहेको छ । यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिस/फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ ।

आगामी दिनमा यो मोटरसाइकलको मूल्य १० हजार देखि १५ हजार रुपैयाँको दरले बढ्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

मोटरहेडमा १२ हजार छुट,  तीन भाग्यशाली विजेताले १ लाख, ५० हजार र २५ हजार पाउने

मोटरहेडमा १२ हजार छुट, तीन भाग्यशाली विजेताले १ लाख, ५० हजार र २५ हजार पाउने

काठमाडौं – नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो...

थप ४ शहरमा डिलरसिप विस्तार गर्दै क्रसफायर, सर्भिस सेन्टर समेत बिस्तार गर्ने योजना

थप ४ शहरमा डिलरसिप विस्तार गर्दै क्रसफायर, सर्भिस सेन्टर समेत बिस्तार गर्ने योजना

क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स...

जेठको अन्त्यसम्मा मोटरहेड अपग्रेडेड एमएच १५० आर नेपाली बजारमा उपलब्ध हुने

जेठको अन्त्यसम्मा मोटरहेड अपग्रेडेड एमएच १५० आर नेपाली बजारमा उपलब्ध हुने

काठमाडौं – मोटरहेडको नयाँ अपग्रेड गरिएको एमएच १५० आर बाइक नेपाली जेठको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...